एमालेसँग विद्रोह गरेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकी रामकुमारी झाँक्री नयाँ पार्टी बनेसँगै मन्त्री पनि भइन् । ८ महिना २० दिन मन्त्री भएकी झाँक्रीलगायतका चार जनालाई पार्टीले फिर्ता बोलाउँदा उनीहरुले केही ‘रिजर्भेसन’ राखे । सोही कारण पार्टीको निर्णय कार्यान्वयनमा ढिलाई हुनपुग्यो । अध्यक्ष माधव नेपालले पुरानालाई फिर्ता बोलाएर नयाँ मन्त्रीको लिस्ट प्रधानमन्त्रीलाई बुझाइसक्दा पनि केही दिन गलफत्ती भयो । पार्टीले निर्णय गरिसक्दा पनि पुराना मन्त्रीहरु न