राजस्व सचिव बने कृष्णहरि पुष्कर

भदौ १२, काठमाडौं । सरकारले अर्थ मन्त्रालयको राजस्व सचिवमा कृष्णहरि पुष्करलाई पदस्थापन गर्ने निर्णय गरेको छ । हालैको मन्त्रिपरिषदको बैठकले कृष्णहरि पुष्कर कर्णलाई राजस्व सचिवमा पदस्थापन गर्ने निर्णय गरेको हो ।पुष्कर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अतिरिक्त समूहमा राखिदै आइएको थियो । उनको पदस्थापनसँगै राजस्व सचिव पदपूर्ती भएको छ । यसअघि राजस्व सचिवको जिम्वेबारीमा रामशरण पुडासौनी थिए । उनी अवकश भएसँगै विगत डेढ महीनादेखि सो पद रिक्त हुँदै आएको थियो । २०५३ सालमा निजामती सेवामा प्रवेश गरेका पुष्करलाई सरकारले गत असारमा सचिवमा बढुवा गरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा गृह, श्रम मन्त्रालयअन्तर्गतका विभिन्न निकायको विभागीय जिम्वेबारीमा रहेर लामोसमय काम गरिसकेका पुष्कर राजस्व बुझेका व्यक्ति भने त्यति होइनन् ।  राजस्व सचिवमा पदस्थापन भएका पुष्करमाथि महामारीले असर पारिरहेको अर्थतन्त्रसँगै राजस्व प्रशासनलाई सुधार्नेदेखि राजस्व चुहावट रोक्ने, बलियो तवरले राजस्व संकलन कार्ययोजना बनाई कार्यान्वयनमा लैजानुपर्ने चुनौती आइपरेको छ ।  

सम्बन्धित सामग्री

सरकारले गर्‍याे ७ सचिवकाे सरुवा, काे-कहाँ पुगे ?

काठमाडाैं । सरकारले ७ जना सचिवहरुको सरुवा गरेको छ । आजको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, अर्थ, उद्योग वाणिज्य तथा आपूर्ति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिवहरुकाे सरुवा गरेको हो । अर्थसचिव कृष्णहरि पुष्कर कर्णलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरिएको छ । राजस्व सचिव रामेश्वर दंगाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा हुनुभएको छ […]

कृष्णहरि पुष्कर : शक्तिकेन्द्र रिझाउन सिपालु

२३ साउन, काठमाडौं । अनियमित ढंगले करको दर हेरफेर प्रकरणमा ‘फेस सेभ’ गर्न अर्थसचिव मधुकुमार मरासिनी मन्त्रालयबाट सुटुक्क बाहिरिए । त्यही प्रकरणमा मुछिएका राजस्व सचिव कृष्णहरि पुष्कर  कर्ण भने मन्त्रालयभित्रै अर्को चौका दाउ हेर्दैछन् । करको दर हेरफेरको विषय भएकाले यो प्रकरणमा मरासिनीमाथि जति नैतिक प्रश्नहरू थिए, उस्तै प्रश्नबाट घेरिएका व्यक्ति हुन्, पुष्कर पनि । […]

छानबिन समितिले आज अर्थ मन्त्रालयका अधिकारीसँग बयान लिँदै

काठमाडौँ – निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिले आज अर्थ मन्त्रालयका अधिकारीहरू छलफल गर्ने भएको छ। बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई मन्त्रालयमा लगेर करको दर हेरफेर गरेको विषयमा मन्त्रालयका कर्मचारीहरुसँग छलफल लिने तयारीमा रहेको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिएका छन्। समितिले अर्थ सचिव मधु मरासनी, राजस्व सचिव कृष्णहरि पुष्कर, बजेट […]

सञ्चयकोषको अध्यक्षमा राजस्वसचिवद्धारा सपथ

कर्मचारी सञ्चयकोष सञ्चालक समितिका नवनियुक्त अध्यक्ष सचिव कृष्णहरि पुष्कर कर्णले पद तथा गोपनियताको सपथ लिएका छन् ।अर्थमन्त्री जनार्दन शर्माले उनलाई सपथ गराएका हुन् । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले राजस्व सचिव कर्णलाई समितिको अध्यक्षमा नियुक्त गरेको हो ।कर्मचारी सञ्चयकोष ऐन २०१९ को दफा ४ को उपदफा १ ‘क’ मा सञ्चालक समितिको अध्यक्ष नेपाल सरकारले नियुक्त गर्ने […]

कर्मचारी सञ्चय कोषको अध्यक्षमा कृष्णहरि पुष्कर नियुक्त

भदौ २२, काठमाडौं ।  सरकारले कर्मचारी सञ्चय कोष सञ्चालक समितिको अध्यक्षमा अर्थ मन्त्रालयका राजस्व सचिव कृष्णहरि पुष्करलाई नियुक्त गरेको छ ।   गत शनिवारको मन्त्रिपरिषद् बैठकले राजस्व सचिव पुष्करलाई समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । सोही अनुसार अर्थमन्त्री जनार्दन शर्माले उनलाई  पद तथा गोपनियताको सपथ दिलाएका हुन् ।  कर्मचारी सञ्चय कोष ऐन २०१९ को दफा ४ को उपदफा १ ‘क’ मा सञ्चालक समितिको अध्यक्ष नेपाल सरकारले नियुक्त गर्ने व्यवस्था छ। यसअघि राजस्व सचिव रामशरण पुडासैनी कोषको अध्यक्ष थिए।

राजस्व सचिव कर्णले लिए सञ्चयकोष सञ्चालक समिति अध्यक्षको सपथ

न्युज अफ नेपाल, काठमाडौं । कर्मचारी सञ्चयकोष सञ्चालक समितिका नवनियुक्त अध्यक्ष सचिव कृष्णहरि पुष्कर कर्णले पद तथा गोपनियताको सपथ लिनुभएको छ । सोमबार मन्त्रालयमा अर्थमन्त्री जनार्दन शर्माले उहाँलाई सपथ खुवाउनु भएको हो । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले राजश्व सचिव कर्णलाई समितिको अध्यक्षमा नियुक्त गरेको हो । कर्मचारी सञ्चयकोष ऐन २०१९ को दफा ४ को उपदफा […]

राजस्व सचिव पुष्करले लिए सञ्चयकोष सञ्चालक समिति अध्यक्षको सपथ

कर्मचारी सञ्चयकोष सञ्चालक समितिका नवनियुक्त अध्यक्ष सचिव कृष्णहरि पुष्कर कर्णले पद तथा गोपनियताको सपथ लिएका छन् ।  सोमबार मन्त्रालयमा अर्थमन्त्री जनार्दन शर्माले उनलाई सपथ खुवाएका हुन् । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले राजश्व सचिव कर्णलाई समितिको अध्यक्षमा नियुक्त गरेको हो । कर्मचारी सञ्चयकोष ऐन २०१९ को दफा ४ को उपदफा १ ‘क’ मा सञ्चालक समितिको अध्यक्ष नेपाल सरकारले नियुक्त गर्ने व्यवस्था छ । सपथपछि अर्थमन्त्री शर्माले कोषको सञ्चालन मर्यादित र पारदर्शी ढंगले गर्न निर्देशन दिएका छन्। ‘हडतालजन्य कामहरू हुने वातावरण नहोस्’, उनले भने , ‘कोष मर्यादित रूपमा सञ्चालनमा आओस् ।’ यसअघि राजस्व सचिव रामशरण पुडासैनी समितिको अध्यक्ष थिए। उनी सेवा निवृत्त भएपछि गत साउन २४ गतेदेखि कोष सञ्चालक समितिको अध्यक्ष पद रिक्त रहेको थियो ।

राजस्व सचिव बने कृष्णहरि पुष्कर

११ भदौ, काठमाडौं । अर्थ मन्त्रालयको राजस्व सचिवमा कृष्णहरि पुष्करलाई सरुवा गरिएको छ । उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थिए । उद्योग मन्त्रालयमा लामो समय काम गरेका पुष्करले यसअघि वैदेशिक रोजगार विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत काम गरेका छन् । राजस्व सचिव पद भदौयता रिक्त थियो । शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले उनलाई अर्थमा सरुवा […]

कृष्णहरि पुष्करले पाए राजश्व सचिवको जिम्मेवारी

सरकारले राजश्व सचिवको जिम्मेवारी कृष्णहरि पुष्कर कर्णलाई दिएको छ ।  बिहीवारको मन्त्रिपरिषद्को बैठकले कर्णलाई राजश्व सचिवको जिम्मेवारी दिएको हो ।  उमेरहदका कारण रामशरण पुडासैनीले अवकाश पाएपछि राजस्व सचिव पद खाली बसेको थियो । २०५३ सालमा निजामती सेवामा प्रवेश गरेका पुष्कर केही महिना अघि मात्रै सचिव भएका थिए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा काम गरेको पुष्करसँग अनुभव छ ।  प्रमुख जिल्ला अधिकारी भएर काम गर्दा राजस्व चुहावट नियन्त्रणको अध्यक्ष भएर काम गरेर राजस्वका बारेमा जानकार छन्। पुष्कर...