काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले सभापतिमा दावी छाडेका छन्। नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा मंगलबार भएको संस्थापनइतरका सभापतिका आकांक्षीहरुको बैठकमा महामन्त्री कोइरालाले रामचन्द्र पौडेलको नाम प्रस्ताव गरेका हुन्। संस्थापनइतर पक्षबाट रामचन्द्र पौडेल, सशांक कोइराला, डा. शेखर कोइराला र प्रकाशमान सिंहले १४औँ महाधिवेशनमा सभापतिमा दावी गर्दै आएका थिए। सशांक पछि हटेसँगै सभापतिको आकांक्षीको संख्या चारबाट […]