संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टाेनियो गुटेरेस युक्रेन पुग्नुभएको छ । गएको मङ्गलवार रुस भ्रमण गरेका महासचिव गुटेरेस आज युक्रेन पुग्नुभएको समाचार संस्था एएफपीले जनाएको छ ।
गुटेरेसले रुसले ठूला आक्रमण गरेका मुख्य सहरको भ्रमण गरिरहनुभएको र आम नरसंहार गरेको भनिएको बुचा सहर पुग्ने कार्यक्रम पनि रहेको खबरमा उल्लेख छ ।
बुचामा रुसले झन्डै पाँच सय नागरिकको हत्या गरेर गाडेको युक्रेनको आरोप छ । यसै विषयलाई लिएर युक्रेन, युरोपेली देश र अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि युद्ध अपराधको मुद्दा चलाउनुपर्ने बताउँ...