इन्जिनियरिङको शुल्कवृद्धि फिर्ता लिन अनेरास्ववियुको माग
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले वृद्धि गरेको स्नातक तह (बीई) को शुल्क फिर्ता लिन शिक्षामन्त्री अशोककुमार राईको ध्यानार्कषण गराएको छ ।
नेपाल विद्यार्थी संघले इन्जिनियरिङ अध्ययन संस्थान (आईओेई) ले गरेको शुल्कवृद्धि फिर्ता लिन माग गरेको छ । नेविसंघले बुधबार पत्रकार सम्मेलन गर्दै इन्जिनियरिङ अध्ययन संस्थानले गरेको शुल्कवृद्धि फिर्ता लिन माग गरेको हो । अध्यक्ष दुजाङ शेर्पाले शुल्कवृद्धिको निर्णय फिर्ता नभए आन्दोलनमा उत्रिने चेतावनी दिए ।
विभिन्न राजनीतिक दलनिकट नौ विद्यार्थी संगठनले चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएसमा वृद्धि गरेको शुल्क खारेज गर्न माग गरेका छन् । अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालय गौशालामा आइतबार बसेको विद्यार्थी संगठनहरुको संयुक्त बैठकले वृद्धि गरिएको शुल्क तत्काल खारेज गर्न माग गरेका हो ।
काठमाडौं । नीजि विद्यालयको चर्को शुल्कवृद्धि फिर्ता गरिनुपर्ने माग राख्दै आन्दोलनरत प्रमुख चार विद्यार्थी संगठनले आज देशभरका प्याब्सन र एनप्याब्सनका कार्यालयमा तालाबन्दी गरेका छन् ।
डिल्लीबजारस्थित प्याब्सनको केन्द्रीय कार्यालय र कुपण्डोलस्थित एनप्याब्सनको ...