सुदूरपश्चिमाञ्चल विश्व विद्यालयले बढाएको शुल्क फिर्ता गर्न विद्यार्थी संगठनहरुको माग

महेन्द्रनगर । सुदूरपश्चिमाञ्चल विश्व विद्यालयले मनपरी शुल्क बढाएको भन्दै पाँच विद्यार्थी संगठनहरुले शुल्कवृद्धि फिर्ता गर्न माग गरेका छन् । आइतबार संयुक्त वक्तव्य प्रकाशित गरी अखिल (छैठौं) सहित पाँच विद्यार्थी संगठनहरुले शुल्क फिर्ता गर्न माग गरेका हुन् । शुल्क वृद्धि फिर्ता नलिए आन्दोलन गर्ने विद्यार्थी संगठनहरुले चेतावनी दिएका छन् । अखिल (छैठौं) का महासचिव महेशराज जोशीले सुदूरपश्चिमाञ्चल विश्व विद्यालयले मनपरि ढंगले शुल्क बढाएर विद्यार्थीहरुलाई आर्थिक भार पार्ने काम गरेको भन्दै आपत्ति प्रकट गर्नुभएको छ । उहाँले स्थापना कालदेखि नै विश्व विद्यालयत कुनै खालको उपलब्धीमुलक काम नगरि आफूखुसी काम गर्ने गरेको भन्दै सुदूरपश्चिम बासीले विश्व विद्यालयलाई दिएको योगदानको कदर नभएको बताउनु भयो । यस्तो छ विद्यार्थी संगठनहरुको संयुक्त विज्ञप्ति

सम्बन्धित सामग्री

बंगलादेशकाे विद्यार्थी आन्दाेलन ४८ घण्टाका लागि स्थगित

काठमाडौं । सरकारी जागिरमा लागू गरिएको आरक्षको विरोधमा उत्रिएका बंगलादेशका विद्यार्थीहरुले ४८ घण्टासम्मलाई आन्दोलन फिर्ता लिएका छन् । आइतबार बंगलादेशको सर्वोच्च अदालतले आरक्षण प्रणाली खारेजगरेसँगै उनीहरुको यस्तो निर्णय सोमबार आएको हो । विद्यार्थीरुले कर्फ्यू हटाउनुपर्ने, इन्टरनेट सेवा सुचारु गर्नुपर्ने लगायतका माग राखेर दुई दिने अल्टिमेटमसहित आन्दोलन स्थगत गरेको जर्मनीको विश्व च्यानल डिडब्लूले उल्लेख गरेको छ […]