नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले अस्वभाविक शुल्क वृद्धि गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद पौडेलले देशकै जेठो र धेरै विद्यार्थी रहेको त्रिभुवन विश्वविद्यालय भद्रगोल बनिसकेकाले सुधारका लागि शिक्षा मन्त्रालयले तत्काल श्वेतपत्र जारी गुर्नपर्ने माग गरे ।