काठमाडौं : धरान उपमहानगपालिकाका मेयर हर्क साम्पाङले ४ मंसिरमा हुने चुनाव जित्न नसक्नेहरूलाई ढुंगा बोक्न निमन्त्रणा गरेका छन्।सामाजिक सञ्जालमा उनले देश निर्माण कार्य धेरै बाँकी रहेकाले श्रम गर्न लाज मान्न नहुने पनि बताएका छन्।उनले लेखेका छन्, 'चुनावमा जित्ने जतिले आफ्नो कार्यभार सम्हाल्नु ! जित्न नसक्नेहरू चाहिँ सबै ढुङ्गा बोक्न आउनु ! देशमा निर्माण कार्य धेरै बाँकी छ ! श्रम गरौँ नत्र शरम गर्नुपर्ने दिन आउँछ।'४ मंसिरको चुनावका लागि राजनीतिक दलहरू र उम्मेदवार अहिले मतदाता रिझाउन