धन कमाउने सपना बोकेर दैनिक सयौँ नेपाली श्रमिक खाडीलगायत विश्वका विभिन्न देशमा पुग्छन् । राहदानीका पानामा भविष्यको सपना बुन्दै विदेश पुग्नेहरु सुख दुःख काम गर्छन् । कमाउँछन् । करार अवधि सकिएपछि घर फर्किन्छन् । घर फर्केर पनि कोही फेरि विदेशको बाटो तताउँछन् भने कोही आफ्नै देशमा उद्यमको बाटो अँगाल्छन् । तर थोरै मात्र हुन्छन् जो गन्तव्य देशमै व्यवसाय गर्ने हिम्मत गर्छन् । त्यही देशमा उद्यमी बन्छन् । तिनै कममध्येका एक हुन्, जे सागर अर्थात जयराम पराजुली ।
जे सागरले यूएईको बरदुबईमा क्याफे खोल्नुभएको तीन महिना भयो । सामान्य कामदारको रुपम...