प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पनि कुनै समय शिक्षक रहेकाले शिक्षकका समस्याबारे जानकार रहेको बताउनुभएको छ । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले सो कुरा बताउनुभएको हो । त्यस क्रममा उहाँले विगतदेखि नै थाती रहेका केही विषयमा सरकारले स्पष्ट दृष्टिकोणका साथ निर्णय गर्ने बताउँदै मुलुकको शैक्षिक क्षेत्रको सुधारका …