काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव राखेपछि प्रतिनिधिसभा फेरि विघटन हुने हो कि भन्ने अड्कलबाजी सुरु भएको छ । तर, संविधानका जानकार चाहिँ ओलीले संसद विघटन गर्न नमिल्ने बताउँछन् ।प्रधानमन्त्री ओलीले ५ पुसमा तत्कालीन नेकपाभित्रको अन्तरकलह व्यवस्थापन गर्न नसकेर असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटनको निर्णय लिएका थिए । तर, फागुन ११ गतेको सर्वोच्च अदालतको फैसलाले संसद विघटनको निर्णयलाई बदर गरिदिएको थियो ।विपक्षी दलमा अविश्वासको प्रस्तावबारे सहमति नजुटेर