काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको मुख्य ध्यान अर्थतन्त्रको सुधारमा केन्द्रित रहेको बताएका छन्। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीसँग आज खुमलटारस्थित निवासमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा पछिल्लो समय देखिएका समस्याबारे आफू जानकार रहेको बताए।मुलुकको अर्थतन्त्र जटिल र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले ब्याजदर वृद्धि, तरलता समस्या लगायत विभिन्न विषयमा सरकारलाई जानकारी रहेको बताएको जानका