राष्ट्रिय खेलकुदमा सहभागी प्याराग्लाइडिङ खेलाडीको मृत्यु

काठमाडौं।सत्यमोहन जोशीको सम्मानमा सरकारले एकदिन शोक बिदा दिने घोषणा गरेको छ।यो वर्ष १४ दिन ढिला गरी नेपालबाट मनसुन बाहिरिएको छ।काठमाडौंबाट अवैध लागूऔषधसहित चारजना पक्राउ परेका छन्।तिहार नजिकिएपछि नेपालमा एकैदिन १० हजार कुचो बिक्री भएको छ।राष्ट्रिय खेलकुदमा सहभागी एक प्याराग्लाइडिङ खेलाडीको मृत्यु हुन पुगेको छ।

सम्बन्धित सामग्री

निसिमको प्याराग्लाइडिङ दुर्घटना छानबिन गर्न परिवारको माग

नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ दुर्घटनामा प्यारापाइलट निसिम थापाको मृत्यु भएको घटनाको छानबिन गर्न परिवारले माग गरेको छ । प्याराग्लाइडिङको क्रसकन्ट्री विधामा त्रिभुवन आर्मीबाट खेलेका थापाको ०७९ असोज ३० मा पोखराको सराङकोटबाट उडान भरेको केही समयमै दुर्घटनामा परेर निधन भएको थियो ।

प्यारापाइलट निस्सिमको मृत्यु गम्भीर लापरबाहीका कारण भन्दै छानबिनको माग

२० मंसिर, पोखरा । गत वर्ष पोखरामा भएको नवौं राष्ट्रिय खेलकुदमा भाग लिने क्रममा ज्यान गुमाएका निस्सिम थापाको गम्भीर लापरबाहीका कारण मृत्यु भएको उनको परिवारले जनाएको छ । गत साल असोज ३० गते भएको क्रसकन्ट्री प्याराग्लाइडिङ प्रतियोगिताका सहभागी निस्सिम टेक अप लिएर ५०÷५० मिटर माथि पुग्नेबित्तिकै दुर्घटनामा परेर ज्यान गुमाएका थिए । उनका बुवाआमाले आयोजक, […]

प्यारग्लाइडिङ दुर्घटनामा ज्यान गुमाएका निसिमलाई मानार्थ गोल्ड मेडल

३ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुदमा खेलकै क्रममा दुर्घटनामा परेर मृत्यु भएका खेलाडी निसिम थापालाई मानार्थ स्वर्णपदक प्रदान गरिएको छ । उनको असोज ३० गते प्याराग्लाइडिङ अन्तर्गत क्रसकन्ट्री विधामा प्रतिस्पर्धा गर्दैगर्दा दुर्घटनामा परी मृत्यु भएको थियो । गोरखा स्थायी घर भई हाल पोखरा–१० बस्दै आएका थापा नेपाल आर्मीसँग करारमा अनुबन्ध भएर नवौं राष्ट्रिय खेलकुदमा […]

नवौं खेलकुदमा प्याराग्लाइडिङ अन्योल

पोखरामा जारी नवौं खेलकुद प्रतियोगिताको क्रममा प्याराग्लाइडिङ उडानका क्रममा एक जना खेलाडी दुर्घटनामा परी मृत्यु भएको घटनालाई लियर हाल जारी रहेको प्याराग्लाइडिङ प्रतियोगिता नै अन्यौल भएको छ । पोखरामा ३९ वर्षपछि भएको नवौं खेलकुद प्रतियोगिताअन्र्तगत खेलकै क्रममा दुर्घटनामा परी खेलाडीको मृत्यु भएकै कारण सरकारले एकाएक प्याराग्लाइडिङ देशैभरि प्रतियोगितालाई नै प्रभावित पार्नु राज्यको हचुवाको निर्णय भएको […]

नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ पाइलट मगरको दुर्घटना परी मृत्यु

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत प्याराग्लाइडिङ पाइलट निशिम थापा मगरको मृत्यु भएको छ । प्रतियोगितामा सहभागि खेलाडी मगरको आज सराङकोटबाट उडान भरे लगत्तै प्याराग्लाइडिङ कोल्याप्स भएसँगै निमार्णाधीन घरमा ठोकिन पुग्दा उनको घटना स्थलमै मृत्यु भएको स्थानियले बताए । उक्त प्रतियोगितामा नेपाली सेनाबाट सहभागी २६ वर्षीय मगरले पुरुषतर्फको क्रस कन्ट्रीको इभेन्टमा सहभागी भएका थिए । […]

प्याराग्लाइडिङ खेलाडीको मृत्युप्रति खेलकुद मन्त्रीद्वारा दुख व्यक्त

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नवौं राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीको मृत्यु हुनेगरी भएको दुर्घटनाप्रति दुख व्यक्त गरेका छन् । आइतबार बिहान पोखराको सराङकोटमा क्रस कन्ट्री प्याराग्लाइडिङ खेलमा सहभागी खेलाडी सहितको प्याराग्लाइडिङ दुर्घटनामा परेको थियो ।दुर्घटनामा नेपाल त्रिभुवन आर्मी क्लबको तर्फबाट खेलमा सहभागी पोखराका निसिम थापाको मृत्यु भएको थियो । उक्त घटनाप्रति दुख व्यक्त गर्दै मन्त्री अथकले मृतक खेलाडीलाई श्रद्धाञ्जली अर्पण गरेका हुन । मन्त्री अथकले भनेका छन्, 'नवौं राष्

नवौं राष्ट्रिय खेलकुद : प्याराग्लाइडिङ खेलाडीको खेलकै क्रममा मृत्यु

काठमाडौं :  नवौं राष्ट्रिय खेलकुदमा सहभागी एक जना प्याराग्लाइडिङ खेलाडीको खेलकै क्रममा मृत्यु भएको छ। त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापाको मृत्यु भएको कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ अन्तर्गत टेक अफको क्रममा खस्दा थापाको मृत्यु भएको तिवारीले थाहाखबरलाई बताए।प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट सराङकोटस्थित जमिनमा खस्दा खेलाडीको मृत्यु भएको हो। सराङकोटबाट उडे लगत्तै १

आकाशबाट खसेर प्याराग्लाइडिङ खेलाडीको मृत्यु

काठमाडौं, ३० असोज । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदमा सहभागी एक खेलाडीको मृत्यु भएको छ । प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेलको क्रममा आकाशबाट सारङकोटस्थित जमिनमा खस्दा खेलाडीको मृत्यु भएको हो । उनी ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङबाट आकाशमा उडिरहेका थिए । उडेलगत्तै १०० मिटरमाथिबाट खसेका उनलाई उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो । उनको उपचारको […]

नवौं राष्ट्रिय खेलकुदमा सहभागी प्याराग्लाइडिङ खेलाडीको मृत्यु

पोखरा। नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ भाग लिएका एक खेलाडीको मृत्यु भएको छ। मृत्यु हुनेमा त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापा रहेका छन्।