नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ पाइलट मगरको दुर्घटना परी मृत्यु

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत प्याराग्लाइडिङ पाइलट निशिम थापा मगरको मृत्यु भएको छ । प्रतियोगितामा सहभागि खेलाडी मगरको आज सराङकोटबाट उडान भरे लगत्तै प्याराग्लाइडिङ कोल्याप्स भएसँगै निमार्णाधीन घरमा ठोकिन पुग्दा उनको घटना स्थलमै मृत्यु भएको स्थानियले बताए । उक्त प्रतियोगितामा नेपाली सेनाबाट सहभागी २६ वर्षीय मगरले पुरुषतर्फको क्रस कन्ट्रीको इभेन्टमा सहभागी भएका थिए । […]

सम्बन्धित सामग्री

प्याराग्लाइडिङ उडान आजदेखि फेरि सञ्चालनमा

काठमाण्डौ – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा एक जना खेलाडीको ज्यान गएपछि स्थगित भएको प्याराग्लाइडिङ उडान आजदेखि फेरि सञ्चालनमा आएको छ । नेपाल नागरिक उड्ड्यन प्राधिकरणले विभिन्न ५ शर्तसहित देशभर प्याराग्लाइडिङ खुला गर्न अनुमति दिएको हो । प्राधिकरणले तोकेको शर्त पूरा गर्न नेपाल हवाई खेलकुद संस्था तयार भएपछि प्याराग्लाइडिङ खुला गरिएको फ्लाइट्स अपरेसन महाशाखाका उप-प्रबन्धक विनय गिरीले जानकारी दिनुभयो । प्राधिकरणले तोकेको उडान क्षेत्रमा मात्रै उडान गर्नुपर्ने, प्याराग्लाइडिङ पाइलट १५ दिनभित्र मेडिकल तथा ...

प्याराग्लाइडिङको : अभ्यास म्याचबाटै छिनो फानो

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत अभ्यास खेलकै आधारमा प्याराग्लाइडिङ खेलको छिनोफाँनो भएको छ । प्याराग्लाईडिङ प्रतियोगिताकै क्रममा युवा प्याराग्लाइडिङ पाइलट निशिम थापा मगरको दुर्घटनामा परी मुत्यु भएर अन्यौल भएको उक्त प्रतियोगिता अभ्यास खेलकै आधारमा नतिजा विहिबार नै सार्वजनिक गरिएको प्रतियोगिताका सहसंयोजक शैलेन्द्र राउतले बताए ।अभ्यास खेलको आधारमा पुरुषतर्फ घरेलु टोली गण्डकी प्रदेश र विभागीय […]