आकाशबाट खसेर प्याराग्लाइडिङ खेलाडीको मृत्यु

काठमाडौं, ३० असोज । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदमा सहभागी एक खेलाडीको मृत्यु भएको छ । प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेलको क्रममा आकाशबाट सारङकोटस्थित जमिनमा खस्दा खेलाडीको मृत्यु भएको हो । उनी ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङबाट आकाशमा उडिरहेका थिए । उडेलगत्तै १०० मिटरमाथिबाट खसेका उनलाई उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो । उनको उपचारको […]

सम्बन्धित सामग्री

बन्द गरिएको प्याराग्लाइडिङ आजदेखि पुनः सञ्चालनमा

पर्वत : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङ खसेर खेलाडीको मृत्यु भएपछि अनिश्चित कालका लागि बन्द गरिएको प्याराग्लाइडिङ आइतबारदेखि पुनः सञ्चालनमा आएको छ।नेपाल नागरिक उड्डयन प्राधिकरणको फ्लाइट अपरेसन महाशाखाका उप प्रबन्धक विनय गरीका अनुसार प्याराग्लाइडिङ उडानलाई थप नियमित, सुरक्षित तथा व्यवस्थित बनाउनको लागि सुरक्षा सिफारिस गर्ने गरी बनेको समितिले प्रारम्भिक प्रतिवेदन पेस गरेको छ। उक्त प्रतिवेदनमा उल्लेख भएका विषयलाई कार्यान्वयन गर्ने भन्ने निर्णय कात्तिक ४ गतेको बैठकबाट निर्णय भएको

खेलाडीको मृत्युपछि बन्द प्याराग्लाइडिङ उडान आजदेखि खुल्ला

काठमाडौं, ६ कात्तिक । उडानको क्रममा आकाशबाट खसेर एक खेलाडीको मृत्यु भएपछि रोकिएको प्याराग्लाइडिङ उडान आजबाट खुल्ला भएको छ । विभिन्न शर्तसहित प्याराग्लाइडिङ खुल्ला गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले खुल्ला गर्ने अनुमति दिएको हो । प्राधिकरणले राखेका शर्त पालना गर्न नेपाल हवाइ खेलकुद तयार भएपछि उडान गर्न अनुमति दिएको हो । गत असोज ३० गते […]

सबै प्याराग्लाइडिङ उडान बन्द

काठमाडौं । सरकारले मुलुकभरका सबै प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द (प्रतिबन्ध) गर्ने निर्णय गरेको छ । आइतबार बिहान गण्डकी प्रदेशको पोखरामा सञ्चालित नवौं राष्ट्रिय खेलकुदमा सहभागी एक जना प्याराग्लाइडिङ खेलाडी निसिम थापाको खेल प्रदर्शनकै क्रमका आकासबाट खसेर निधन भएपछि सरकारले यस्तो निर्णय गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्मका लागि मुलुकभरका सबै […] The post सबै प्याराग्लाइडिङ उडान बन्द appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

देशभरका प्याराग्लाइडिङ बन्द गर्न नागरिक उड्डयन प्राधिकरणको निर्देशन

नागरिक उड्डयन प्राधिकरणले देशभरका प्याराग्लाइडिङ बन्द गर्न निर्देशन दिएको छ । प्राधिकरणले अर्को सूचना प्रकाशित नभएसम्म अनिश्चितकालको लागि प्याराग्लाइडिङमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो।प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशभर मनोरञ्जनात्मक, व्यावसायिक र खेलकुदजन्य सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको हो । पोखरामा राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङ उडानका क्रममा एकजनाको आइतवार मृत्यु भएपछि प्राधिकरणले देशैभरका प्याराग्लाइडिङ उडानमा रोक लगाउने निर्णय गरेको हो। आइतबार प्याराग्लाइडिङ गर्दा गर्दै खसेर घाइते भएकी आर्मी क्लबका खेलाडी निसिम थापाको मृत्यु भएको हो। उनी क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा प्याराग्लाइडिङबाट खसेर घाइते भएका थिए। घाइते थापाको उपचारको क्रममा पोखरास्थित मेट्रोसिटी अस्पतालमा मृत्यु भएको हो।खेलाडीको मृत्युपछि उडान सुरक्षाबारे सुक्ष्म अध्ययन गरिने  प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए। अध्ययन कै लागि तत्कालका लागि सबै प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय भएको उनले बताए।

प्याराग्लाइडिङबाट खसेर सेनाका खेलाडीको मृत्यु

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा प्याराग्लाइडिङबाट खसेर एक सेनाका खेलाडीको मृत्यु भएको छ ।

नवौं राष्ट्रिय खेलकुदः प्याराग्लाइडिङ खेलाडीको खसेर मृत्यु

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत सराङ्कोटमा भइरहेको प्याराग्लाइडिङ खेलाडीको खसेर मृत्यु भएको छ । प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशमा उडिरहेको अवस्थामा अकस्मात १०० मिटर माथिबाट जमिनमा खस्दा नेपाल त्रिभुवन आर्मी क्लवका कास्कीको पोखरा महानगरपालिका– १० अस्पताल चोक बस्ने २६ वर्षीय निसिम थापाको मृत्यु भएको हो । प्याराग्लाइडिङबाट खसेर घाइते भएका उनलाई […]

क्रस कन्ट्री प्याराग्लाइडिङ खेलमा प्याराग्लाइडिङबाट खसेका खेलाडीको मृत्यु

काठमाडौं : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज बिहान भएको क्रस कन्ट्री प्याराग्लाइडिङ खेलका क्रममा एक खेलाडीको मृत्यु भएको छ। प्याराग्लाइडिङ गर्दा गर्दै खसेर घाइते भएका आर्मी क्लबका खेलाडी निसिम थापाको मृत्यु भएको हो। आइतवार बिहान साढे ११ बजे कास्की पोखरा महानगरपालिका १८ सराङकोटस्थित नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा…

स्याङजामा प्याराग्लाइडिङ दुर्घटना, एकजना घाइते

स्याङजामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एकजना घाइते भएका छन् । स्वरेक मैदानमा प्याराग्लाइडिङबाट खसेर स्थानीय लक्ष्मी अर्याल घाइते भएकी हुन् ।उनको टाउको र खुट्टामा चोट लागेको प्रहरी प्रवक्ता रवीन्द्र खनालले जानकारी दिएका छन् । थप उपचारका लागि उनलाई पोखरा ल्याइएको छ । स्वरेकमा प्याराग्लाइडिङ सिक्ने क्रममा उनी खसेकी हुन् ।