चीनले पांगोङ तालमा नयाँ डुंगा तैनाथ गर्ने, भारत सतर्क

लद्दाखको पांगोङ तालमा चीनले नयाँ डुंगा तैनाथ गर्ने तयारी गरेको छ ।  पांगोङ तालबाट भारत र चीनले आआफ्ना सैनिक फिर्ता बोलाएको भए पनि चीनले नयाँ डुंगा किनेर त्यहाँ पुनः गतिविधि गर्न खोजेको देखिन्छ । दुई किसिमका आधुनिक र शक्तिशाली डुंगा चीनले तैनाथ गर्न खोजेको देखिन्छ । यी डुंगाहरू घन्टाको ६० किलोमिटरको गतिमा दौडिन्छन् र यिनमा २५ देखि ३० सैनिक अर्थात् एक प्लाटून नै बस्न मिल्छ ।  डुंगामा मशिनगन पनि फिट गरिएको छ । गश्तीका क्रममा बेस्सरी गोली चलाउन पनि यसबाट मिल्छ ।  चीनको तैनाथी तयारीपछि भारत प...

सम्बन्धित सामग्री

भारतको कश्मीरमा डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु - NepaliPatra

एजेन्सी । भारत प्रशासित कश्मीरमा विद्यार्थी बोकेको डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । घटनामा केही बालबालिका बेपत्ता भएका छन् । काश्मीरको राजधानी श्रीनगरको बाहिरी भागमा रहेको झेलम नदीमा २० जनाभन्दा बढी बिद्यार्थी बोकेकोे डुंगा दुर्घटना भएको हो । उक्त नदीमा डुंगा तान्न प्रयोग गरिएको डोरी अचानक चुँडिएको थियो । दुर्घटनामा परी बाँच्न […]

कस्मिरमा डुंगा पल्टिँदा १५ जना बेपत्ता

भारत प्रशासित कस्मिरमा मंगलबार नदीमा डुंगा पल्टिएपछि बेपत्ता भएका १५ जनाको खोजीमा उद्धारकर्मीहरू खटिइरहेको

भारत र श्रीलंकाबीच ४० वर्षपछि डुंगा सेवा पुनः सञ्चालन

नयाँदिल्ली – भारत र श्रीलङ्काले ४० वर्षपछि डुङ्गा सेवा शनिबारदेखि पुनः सञ्चालन गरेका छन्। भारतको तमिलनाडु राज्यको पूर्वी तटमा रहेको नागापट्टिनम र श्रीलङ्काको उत्तरी प्रान्तको जाफनानजिकै कान्केसानथुराईबीच यो सेवा सुरु गरिएको हो। भारतका बन्दरगाह, पानीजहाज तथा जलमार्गमन्त्री सर्वानन्द सोनोवालले नागापट्टिनम बन्दरगाहमा सेवा सञ्चालन खुला भएको सङ्केतस्वरूप डुङ्गालाई हरियो झण्डा देखाएर डुङ्गामा आएका यात्रीलाई स्वागत गरेका […]

जसको डुंगाले महाकाली नदीमा ठाउँ पाएन

बैतडी । नेपाल–भारत सीमा नदी महाकालीमा डुंगा चलाउँदा खुसी नै थिए बैतडी पञ्चेश्वरका डुंगा चालक सुरेन्द्र चन्द । बिहानै घाटमा पुग्थे । दिनभर डुंगा चलाउँथे र साँझपख सरसामानको पोको बोकेर घर आइपुग्थे । उनीसँगै घरमा दाल, चामल तरकारी मात्रै हैन खुसी पनि आउँथ्यो । हाँसी खुसी रमाउँदै आएका चन्द विगत १ वर्षदेखि भने निराश छन् […] The post जसको डुंगाले महाकाली नदीमा ठाउँ पाएन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भारतीय दूतावासद्वारा नेपाल सरकारलाई विपद् राहत सामग्री हस्तान्तरण

काठमाडौँ – भारतीय दूतावासले नेपाल सरकारलाई विपद् राहत सामग्री हस्तान्तरण गरेको छ। भारत सरकारको तर्फबाट नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारमा आयोजित एक समारोहबीच गृहमन्त्री बालकृष्ण खाँणलाई बाढी तथा पहिरो राहत सामग्री हस्तान्तरण गरेका हुन्। राहत सामग्रीमा ३००० वटा ठूला साइजका टेन्ट तथा १० वटा इनफ्लेटेबल डुंगा छन्। कार्यक्रममा राजदूत श्रीवास्तवले राहत सामग्री बेलैमा […]

भारतद्वारा नेपाललाई विपद् रोकथामका सामग्री हस्तान्तरण

काठमाडौं : भारत सरकारले प्राकृतिक विपद्जन्य घटनामा प्रयोग हुने सामग्रीहरु नेपाललाई सहयोग गरेको छ। शुक्रवार गृह मन्त्रालयमा नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले गृहमन्त्री बालकृष्ण खाणलाई प्राकृतिक विपद्जन्य घटनामा प्रयोग हुने सामग्रीहरु हस्तान्तरण गरेका हुन्। भारतले ३ हजार टेन्ट, १० इनफ्लेटेबल डुंगा लगायतका विपद्का बेला प्रयोगमा आउने विभिन्न सामग्री हस्तान्तरण…

डुंगा चालकले मनोमानी शुल्क लिंदा स्थानीय मारमा, सम्बन्धित निकाय मौन

मंसिर २९, बैतडी । बैतडीको महाकाली नदी वारपार गराउने डुंगा चालकले मनपरि तरिकाले स्थानीयबाट भाडा लिदा नियन्त्रण गर्ने स्थानीय तह भने मौन बसेको छ । जसको प्रत्यक्ष मारमा स्थानीय परेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका, पञ्चेश्वर र शिवनाथ गाउँपालिकाको सीमा भारतसँग जोडीएको छ । जसको सीमा महाकाली नदीले छुट्याएको छ । भारत जाँदा स्थानीयहरुले महाकाली नदी वारपार गर्नुपर्छ । नदीमा वारपार गर्नको लागि स्थानीय डुंगाको प्रयोग गर्ने गर्दछन् । अहिले डुंगा सञ्चालकले एक जनालाई नदीमा वारपार गराए बापत रू.  ६४० लिने गर्दछन् । यो गत वर्षहरुकोभन्दा ६ गुणा बढी हो । स्थानीय तहको राजस्व गुमाउँदा र स्थानीय जनतालाई यसरी लुट्दासम्म पनि स्थानीय तह मौन बसेको छ । स्थनीतह मातहत सञ्चालनमा रहेका यि डुंगा ठेकेदारहरुले अहिले अवैधानीक रुपले सञ्चालन गरिरहेका छन् । यसरी अवैधानीक रुपमा सञ्चालन गरेका ठेकेदारहरुलाई गाउँपालिकाहरुले नियन्त्रण गरेर राजस्व उठाउन सकेका छैनन् । प्रत्येक आर्थिक वर्षको सुरुवातमा स्थानीय तहले ठेक्का खोलेर राजस्व संकलन गर्ने गर्दछ । स्थानीय तहले तोकेको रकमभन्दा बढी रकम दिने मान्छेले डुंगा सञ्चालनको ठेक्का पाउने गर्दछन् । सम्झौता गर्दा स्थानीय तहले निश्चित रकममा वारपार गर्ने भनेर उल्लेख गर्ने गर्दछ ।  उल्लेख गरेको रकम अनुसार डुंगा चालकले वारपार गराउनु पर्ने हुन्छ । तर चालू आवमा स्थानीय तहले कोरोनाको कारण सीमा वन्द रहेकाले ठेक्काको टेन्डर अव्हान नगरेपछि मनपरी तरिकाले ठेकेदारहरुले सञ्चालन गरेका छन् ।  यहाँका अधिकांश नागरिक दैनिक उपभोग्य सामग्री, औषधि उपचार लगायत अन्य कामका लागि भारतीय बजारमा जाने गरेका छन् । तर पछिल्लो समयमा डुंगा चालकले मनोमानी शुल्क लिन थालेपछि उनीहरु मारमा परेका छन् ।  सरकारले भारतसँगका सबै नाका नखोलेकाले डुंगा सञ्चालनको लागि ठेक्का अव्हान नगरेको स्थानीय तहले बताएका छन् । जिल्लाका यि दुई स्थानीय तहमा नौ ठाउँबाट डुंगा मार्फत ओहरदोहर गर्ने गर्दछन् ।  धेरै डुंगा सञ्चालन हुने सिमामा नेपाल प्रहरी र शसस्त्र प्रहरी बस्ने गरेका छन् । यसरी स्थानिय तहदेखि प्रशासनसम्म मौन बस्दा स्थानीय जनता लुटिएका छन् । मनपरी भाडा लिएको बारे कुन ठाउँमा उजुरी गर्ने भन्ने पनि जानकारी नभएको स्थानिय बताउँछन् ।

बैतडीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता

धनगढी । बैतडीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता भएका छन् । शिवनाथ गाउँपालिका- १ खाँड घाटमा डुंगा पल्टिँदा दुई जना बेपत्ता भएको प्रहरीले जनाएको छ । डुंगामा १० जना सवार रहेकामा दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले बताए । ‘कामको शिलशिलामा भारत जाने नेपालीलाई तार्ने क्रममा डुंगा पल्टिएको बुझिएको छ’, […] The post बैतडीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बैतडीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता

धनगढी– बैतडीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता भएका छन् । शिवनाथ गाउँपालिका १ खाँड घाटमा डुंगा पल्टिँदा दुई जना बेपत्ता भएको प्रहरीले जनाएको छ । डुंगामा १० जना सवार रहेकामा दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले बताए । ‘कामको शिलशिलामा भारत जाने नेपालीलाई तार्ने क्रममा डुंगा पल्टिएको बुझिएको छ, […]