बैतडीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता

धनगढी । बैतडीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता भएका छन् । शिवनाथ गाउँपालिका- १ खाँड घाटमा डुंगा पल्टिँदा दुई जना बेपत्ता भएको प्रहरीले जनाएको छ । डुंगामा १० जना सवार रहेकामा दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले बताए । ‘कामको शिलशिलामा भारत जाने नेपालीलाई तार्ने क्रममा डुंगा पल्टिएको बुझिएको छ’, […] The post बैतडीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

आप्रवासी चढेको डुंगा पल्टिँदा आठको मृत्यु

मोरक्कोको तटमा आप्रवासी डुंगा पल्टिँदा आठजनाको मृत्यु भएको छ। मोरक्कोको भूमध्यसागरीय तटमा डुंगा चढेर स्पेन जाने प्रयास गर्दा ८ जना आप्रवासीको डुबेर मृत्यु भएको उत्तरपूर्वी प्रान्त नादोरका स्थानीय अधिकारीहरूले बुधबार...

माल्टामा आप्रवासीको डुंगा पल्टिँदा पाँचको मृत्यु

उद्धार कार्यका क्रममा माल्टाको किनारमा आप्रवासी डुंगा पल्टिँदा कम्तीमा पाँचजनाको मृत्यु भएको छ ।  स्थानीय सञ्चारमाध्यमले शुक्रबार जनाए अनुसार उक्त डुंगामा ३० जनाभन्दा बढी आप्रवासीहरू युरोप जाँदै गरेको बताइएको छ । आप्रवासीहरू...

डुंगा पल्टिँदा सातको मृत्यु

पाकिस्तानको सतलज नदीमा थाली जमाल ओकारानजिकै डुंगा पल्टिँदा महिला र बालबालिकासहित सातजनाको मृत्यु भएको छ  । एआरवाई न्यूजले स्रोतलाई उद्धृत गर्दै सोबारे जानकारी दिएको छ ।  स्रोतका अनुसार डुंगा अत्यधिक भारका...

सुस्तामा डुंगा पल्टिँदा तीनजनाको मृत्यु, दुई गम्भीर

पश्चिम नवलपरासीको सुस्तामा सोमबार अपराह्न डुंगा पल्टिँदा तीनजनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् । घाइतेहरूको बर्दघाटस्थित चौपत्ता अस्पतालमा उपचार भइरहेको छ ।  मृत्यु हुनेमा सुस्ता गाउँपालिकाको वडा...

बंगलादेशमा तीर्थयात्री बोकेको डुंगा पल्टिँदा ३३ जनाको मृत्यु

एजेन्सी – बंगलादेशको एक नदीमा हिन्दु तीर्थयात्रीहरू बोकेको एउटा डुंगा पल्टिँदा मृत्यु हुनेको संख्या ३३ पुगेको छ । दुर्घटनामा अझै केही वेपत्ता भएका बंगलादेश प्रहरीले जनाएको छ । खचाखच तीर्थयात्रीले भरिएको उक्त डुंगा बोडा सहर नजिकै कारोटोआ नदीको बीचमा जहाज अचानक डुबेर डुबेको थियो । अग्निनियन्त्रकहरू र गोताखोरहरूले थप शवहरूको खोजी गरिरहेका प्रहरीले जनाएको छ […]

रानीमहल क्षेत्रमा डुंगा पल्टिँदा बेपत्ता भएका ८ जनाको उद्दार

पाल्पाको पर्यटकीय स्थल रानीमहल क्षेत्रमा र्‍याफ्टिङ गर्ने डुंगा पल्टिँदा बेपत्ता भएका  ८ जनाको उद्दार गरिएको छ । बिहीबार कालीगण्डकी नदीअन्तर्गत रानीमहल क्षेत्रमा र्‍याफ्टिङ गर्ने डुंगा पल्टिँदा ८ जना बेपत्ता भएका थिए ।बेपत्ता भएका ८ जनाको सकुशल उद्दार गरिएका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी भक्ति सरा रानाले जानकारी दिइन् । उनका अनुसार र्‍याफ्टिङ गर्नेहरू भारतीय पर्यटक थिए ।

डुंगा पल्टिँदा एक बालकको मृत्यु एक बेपत्ता

महाकाली नदीमा डुंगा पल्टिँदा एउटै घरका दुई बालकमध्ये एउटा शव फेला परेको छ भने उनका भाई बेपत्ता रहेको प्रहरीले जनाएको छ।...

बैतडीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता

धनगढी– बैतडीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता भएका छन् । शिवनाथ गाउँपालिका १ खाँड घाटमा डुंगा पल्टिँदा दुई जना बेपत्ता भएको प्रहरीले जनाएको छ । डुंगामा १० जना सवार रहेकामा दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले बताए । ‘कामको शिलशिलामा भारत जाने नेपालीलाई तार्ने क्रममा डुंगा पल्टिएको बुझिएको छ, […]

कर्णाली नदीमा डुंगा पल्टिँदा १० दिनको बच्चासहित तीन जना बेपत्ता

कैलाली। कैलालीको मोहन्याल गाउँपालिका–३, रागाँमलेखास्थित कर्णाली नदीमा आज डुंगा पल्टिँदा तीन जना बेपत्ता भएका छन्। १० जना सवार डुंगा पल्टिँदा १० दिनको बच्चासहित तीन जना बेपत्ता भएको कैलाली जिल्ला प्रहरीले जनाएको छ । पौडिएर बाहिर निस्किएका पाँच सकुशल छन् भने दुई जना घाइते भएका छन्। प्रहरीकाअनुसार उनीहरू बच्चालाई खोप लगाउन सुर्खेतको चौकुनेस्थित स्वास्थ्य चौकी जाँदै थिए।

कर्णालीमा डुंगा पल्टिँदा तीन बेपत्ता

सुर्खेत, १७ साउन । कर्णाली नदिमा डुंगा पल्टिँदा तीन जना बेपत्ता भएका छन् । आइतबार कैलाली मोहन्याल गाउँपालिका–३ रांगा मलेखाबाट सुर्खेतको चौकुने जाने क्रममा डुंगा दुर्घटना भएको हो । बच्चालाई खोप लगाउन जाने क्रममा कर्णालीमा डुंगा पल्टिएको हो । काठको डुंगामा १० जना सवार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय […]