काठमाडौं : भारत सरकारले प्राकृतिक विपद्जन्य घटनामा प्रयोग हुने सामग्रीहरु नेपाललाई सहयोग गरेको छ। शुक्रवार गृह मन्त्रालयमा नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले गृहमन्त्री बालकृष्ण खाणलाई प्राकृतिक विपद्जन्य घटनामा प्रयोग हुने सामग्रीहरु हस्तान्तरण गरेका हुन्।
भारतले ३ हजार टेन्ट, १० इनफ्लेटेबल डुंगा लगायतका विपद्का बेला प्रयोगमा आउने विभिन्न सामग्री हस्तान्तरण…