काठमाडौं : निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि आजैदेखि आचारसंहिता लागू गरेको छ। आयोगले कार्यालयमा पत्रकार सम्मेलन गर्दै मतदानको ३५ दिनअघि आचारसंहिता लागू गरेको हो। आचारसंहिता यसअघि नै राजपत्रमा प्रकाशित भइसकेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आचारसंहिता कार्यान्वयन हुनेमा आफूहरु ढुक्क रहेको बताए। पत्रकारले सोधेको प्रश्नमा जवाफ दिँदै प्रमुख आयुक्त थपलियाले उल्लंघन गर्नेलाई कानुन बमोजिम कारबाही गर्न आयोग दृढ रहेको बताए। ‘हरेक निर्वाचनका बेला