काठमाण्डाै – द्वन्द्व पीडित सङ्घर्ष समितिले संसदमा पेस भएको सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक (टीआरसी विधेयक) संशोधन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ ।
सङ्घर्ष समितिले मङ्गलवार काठमाण्डाैकाे नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेको हो । समितिले आफूहरूले शान्तिपूर्ण रूपमा २७ दिनसम्म आन्दोलन गर्दा पनि कुनै सम्बोधन नभएको भन्दै बाध्य भएर विरोध गर्नुपरेको बताएकाे छ ।
आन्दोलनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै द्वन्द्व पीडित परिवार सदस्य शोभा बिसीले टीआरसी विधेयक पीडकलाई उन्मुक्ति दिने किसिमको रहेकाले संशोधनको माग गर्न आन्...