हजारौं कामदारलाई पुग्ने आलु र तरकारी उत्पादन गर्दै किसान

चिचिला गाउँपालिका वडा नम्बर ३ मा नौ सय मेगावाट क्षमताको अरुण तेश्रो जलविद्युत परियोजनाको पावर हाउस निर्माण हुँदैछ । त्यहाँ काम गर्ने हजारांै कामदारहरुलाई लक्षित गरेर चिचिला गाउँपालिकाले वडा नम्बर २ मा ठूलो परिमाणमा आलु उत्पादन गर्ने भएकोे छ । निर्माणाधिन अरुण तेश्रो जलविद्युत परियोजना आलु सहितका तरकारी जन्य बस्तुको ठूलो बजार भएको निष्कर्ष निकाल्दै वडा नम्बर २ लाई गाउँपालिकाले आलु पकेट क्षेत्र घोषणा गरेको हो । ठूलो परिणाममा आलु उत्पादन गरे कृषकहरूको आमदामी बढ्ने र गाउँपालिका नै आलुमा आत्मनिर्भर हुने गाउँपालिकाले लक्ष्य लिएको छ ।

सम्बन्धित सामग्री

खेर गइरहेको जमिनमा लटरम्म तरकारी

कालीकोटको खाँडाचक्र नगरपालिका–५, तेर्सो बजारका भीमबहादुर कार्की चार/पाँच वर्षदेखि तरकारी खेतीमा संलग्न हुनुहुन्छ । क्यान्सरको बिरामी हुँदा पनि उहाँले तरकारी खेती गर्न छाड्नुभएको छैन । भिरालो जमिनको १२ रोपनी जग्गामा उहाँले आलु, फर्सी, काँक्रा, खुर्सानी, गोलभेँडा, चिचिन्डा, काउली, फर्सीलगायतका तरकारी उत्पादन गर्नुहुन्छ । त्यही तरकारी खेतीबाट उहाँले क्यान्सर हुँदा लागेको करिब १० लाख ऋण चुक्ता गर्नुभयो । थप जग्गा जोड्नुभयो । नयाँ घर बनाउनुभयो ।

बजारीकरणको जिम्मेवारी लिँदै गल्याङ नगरपालिका

स्याङ्जा।  जिल्लाको गल्याङ नगरपालिका–१ का रमेश बस्याललाई खेतमा आलु खन्ने बेला भएपछि कसरी बिक्री गर्ने भन्ने चिन्ताले निकै पिरोल्थ्यो । उहाँले हरेक वर्ष करिब ३० क्विन्टल आलु र अन्य तरकारी उत्पादन गर्नुहुन्छ । बस्याल जस्तै धेरै किसानलाई अहिले भने उत्पादित सामान बिक्दैन कि भन्ने चिन्ता छैन । गल्याङ नगरपालिकाले किसानले उत्पादन गरेको तरकारी लगायत अन्य […]

किसानलाई क्रेडिट कार्ड

वीरेन्द्रनगर नगरपालिका–१० की पम्फा थापाले १० कट्टा जमिनमा तरकारी खेती लगाएकी छन् । उनको परिवारका ५ जना सदस्य नै बिहान सबेरैदेखि साँझ अबेरसम्म कृषि व्यवसायमै व्यस्त रहन्छन् । आलु, काउली, टमाटर, धनिया, साग, मुलालगायत मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आएका उनीहरूले दैनिक ५० किलोसम्म तरकारी बिक्री गर्छन् ।

अलपत्र चिस्यान केन्द्र

जिल्लाको मन्थली नगरपालिका–१ मा निर्माण गरिएको तरकारी तथा फलफूल चिस्यान केन्द्र अलपत्र परेको छ । बागमती प्रदेश सरकारको पाँच करोड र मन्थली नगरपालिकाको दुई करोड दस लाख रुपियाँको लागतमा साझेदारीमा चिस्यान केन्द्र निर्माण भएको हो । गत आर्थिक वर्ष २०७८÷७९ बाटै सञ्चालन हुनुपर्ने यो चिस्यान केन्द्र सञ्चालनमा आउन नसक्दा जिल्लामा उत्पादित जुनारलगायतका अमिलो जातका फलफूल, किवी, आलु र तरकारी उत्पादन गर्दै आएका किसान समस्यामा परेका छन् । चिस्यान केन्द्रको व्यवस्थापनका लागि सामान्य घेराबारसमेत नहुँदा अहिले सवारी पार्किङ र कुकुरलगायतका पशु चौपाया बस्ने थलो बनेको स्थानीय पूर्ण सुवेदीले बताउनुभयो ।

अर्ग्यानिक तरकारीखेतीमा भोजपुरका किसान आकर्षित

भोजपुर । अर्ग्यानिक तरकारी खेतीमा भोजपुरका किसानको आकर्षण देखिएको छ । विषादीरहित तरकारी उत्पादन गर्ने उद्देश्यले यहाँका किसान अर्ग्यानिक तरकारी खेतीमा लागेका हुन् । बजारमा बाहिरी जिल्लाबाट विषादियुक्त तरकारी आउने क्रम बढेपछि  यहाँका किसानले अर्ग्यानिक तरकारी उत्पादनमा जोड दिइएको बताएका हुन् । स्याउला तथा गाई–गोरुको मलमूत्रबाट तयार गरिएको कम्पोस्ट मलको प्रयोग गरी तरकारी लगाउन थालेको किसानको भनाइ छ । किसानले मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरिरहेका अरुण गाउँपालिकाका किसान शान्तिकुमार कार्कीले बताए । कृषि ज्ञान केन्द्रको आर्थिक तथा प्रविधिक सहयोगमा अरुण  गाउँपालिकाका २१ परिवारले अर्ग्यानिक खेती गरिरहेका छन् । ‘हामीले २१ आधुनिक टनेल निर्माण गरेर अर्ग्यानिक खेती थालेका छौं,’ कृषक कार्कीले भने, ‘हामीलाई केन्द्रबाट आर्थिक र प्राविधिक सहयोग मिलेको छ । बजारमा देखिएको अर्ग्यानिक तरकारीको मागलाई पूरा गर्नेगरी खेती गरेका छौं ।’ किसानले तरकारीलाई विभिन्न किसिमका रोगबाट बचाउन गाई, गोरु तथा पशुको मूत्रलाई विषादीको रूपमा प्रयोग गर्ने गरेका छन् ।  कम्पोस्ट मल खेतबारीमा हाल्दा उत्पादन पनि राम्रो हुने भएकाले यहाँका किसान पोलिहाउस तथा स्याउला सोत्तर कुहाएर कम्पोस्ट मल तयार गरी तरकारी बारीमा हाल्ने गरेको कार्कीले बताए । मानिसको स्वास्थ्यलाई कुनै असर नपार्ने भएकाले आलु, टमाटर, मुलालगायतका तरकारी उत्पादनमा समेत कम्पोस्ट मल प्रयोग गरिरहेका छन् । विषादीको प्रयोगले गर्भवती महिला, बालबालिका र अन्यको स्वास्थ्यमा प्रतिकूल असर पार्ने भएपछि उनीहरू अर्ग्यानिक तरकारी खेतीतर्फ आकर्षित भएको बताउँछन् । तरकारीलाई विभिन्न किसिमका रोगबाट बचाउन कृषकले गाईगोरु तथा पशुको मूत्रलाई विषादीका रूपमा प्रयोग गर्छन् । उत्पादन बढाउन कम्पोस्ट र प्रांगारिक मलको प्रयोग बढी रहेको कृषक बताउँछन् । तरकारी उत्पादनका लागि उपयुक्त हावापानी भएकाले प्रांगारिक खेती प्रवर्द्धन अभियान कार्यक्रम अन्तर्गत खेती थालनी गरिएको स्थानीय किसानको भनाइ छ । १० लाख रुपैयाँ लागतमा दुईओटा क्लस्टर बनाएर प्याउली र सिमटारका कृषक समूहमा परीक्षणको रूपमा थालनी गरिएको ज्ञान केन्द्र भोजपुरले जानकारी दिएको छ । रासायनिक मलको प्रयोगले माटोको उत्पादकत्व क्षमता घट्दै गएको र विषादीको प्रयोगले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेकाले अर्ग्यानिक तरकारी उत्पादन गर्ने लक्ष्य लिइएको कार्यालयले जानकारी दिएको छ । केन्द्रका प्रमुख योगेन्द्रप्रसाद यादवले किसानलाई आधुनिक कृषि प्रणालीमा जोडिरहेको बताए । ‘हामीले किसानलाई आधुनिक कृषि प्रणालीमा जोडिरहेका छौं,’ उनले भने, ‘अर्ग्यानिक खेतीलाई प्रवर्द्धन गर्नका लागि जिल्लामा पहिलोपटक कार्यालय र किसानको साझेदारीमा खेतीको थालनी गरेका छौं ।’ यसले बजारमा रहेको अर्ग्यानिक खाद्य बालीको मागलाई केही हदसम्म पूरा गर्नेमा आफूहरू विश्वस्त रहेको उनी बताउँछन् । रासस

गुजाराको आधार बन्दै कपुरकोटको ताजा तरकारी (फोटो फिचर)

सल्यान  : बेमौसमी तरकारीका लागि परिचित नाम हो कपुरकोट।  जसमा नेपालको बेमौसमी तरकारी झन्डै ४० प्रतिशत बजार कपुरकोटले ओगटेको छ। एक सिजनमा झन्डै तीन हजार मेट्रिकटन ताजा बेमौसमी तरकारी जिल्लाबाहिर निकासी हुने गर्दछ।यस क्षेत्रका किसानहरुले विशेष गरी गोलभेंडा, बन्दागोभी, काउली, घिउसिमी, बोडी, खुर्सानी आलु, काँक्रो, स्कुस, मुला, गाँजर, हरियो साग, भान्टा, हरियो केराउ आदि बेमौसमी ताजा तरकारी उत्पादन गर्ने गर्दछन। फलफूलहरुमा आरु, नास्पति, आरु बखडा, अनार, आँप, केरा आदि र मसलादार तरकारीहरुमा अदुवा

आयआर्जनका लागि सामूहिक तरकारी खेती

मनाङ नासो गाउँपालिका–४ ओडार गाउँका महिला आयआर्जनका लागि सामूहिक तरकारी खेती गर्दै आएका छन् । गाउँमा रहेका महिलाको समूह बनाई विगत दुई वर्षदेखि आलु, काउली, बन्दाजस्ता तरकारी उत्पादन गरी आयआर्जन गर्दै आएका छन् ।

सामूहिक तरकारी खेतीमा मनाङका महिला

मनाङ : जिल्लाको नासो गाउँपालिका-४  ओडार गाउँका महिलाहरूले आयआर्जनका लागि सामूहिक तरकारी खेतीमा रमाउन थालेका छन्।  गाउँमा रहेका महिलाहरुको समूह बनाई दुई वर्षदेखि आलु काउली बन्दा जस्ता तरकारी उत्पादन गरी आयआर्जन गर्दै आएका छन्। गाउँमा होमस्टे सञ्‍चालनसँगै सामूहिक तरकारी खेती गर्दै आएका यी महिलाहरुले उत्पा...

किसानका समस्या समाधान गर्दै कृषि विकास कार्यालय दैलेख

लकडाउन घोषणा गरेपछि जिल्लाका किसानलाई परेका समस्या समाधानमा जिल्ला कृषि विकास कार्यालयले विशेष टोली गठन गरेर उनीहरुको बारीमै पुगेर समस्या समाधानको पहल शुरु गरेको छ । दैलेखको गुराँसे क्षेत्र तरकारी उत्पादनका हिसाबले निकै महत्वपूर्ण मानिन्छ । विशेष गरेर आलु र अन्य तरकारी उत्पादन हुने गुराँस गाउँपालिकाका विभिन्न क्षेत्रबाट गत वर्ष मात्र रु २२ करोडको तरकारी जिल्ला बाहिर निर्यात भएको थियो ।

चिस्यान केन्द्र अलपत्र

रामेछापको मन्थली नगरपालिका–१, सानीमदौमा निर्माण भएको तरकारी तथा फलफूल चिस्यान केन्द्र अलपत्र अवस्थामा छ। बागमती प्रदेश सरकारको पाँच करोड र मन्थली नगरपालिकाको दुई करोड १० लाख रुपियाँको साझेदारीमा उक्त चिस्यान केन्द्र निर्माण भएको हो। आर्थिक वर्ष २०७८/७९ देखि नै सञ्चालन हुनुपर्ने यो चिस्यान केन्द्र अझै सञ्चालनमा आउन नसक्दा यस जिल्लामा उत्पादन हुने जुनारलगायतका अमिलो जातका फलफूल, किवी, आलु, तरकारी उत्पादन गर्ने किसानले लाभ लिन सकेका छैनन्।