अलपत्र चिस्यान केन्द्र

जिल्लाको मन्थली नगरपालिका–१ मा निर्माण गरिएको तरकारी तथा फलफूल चिस्यान केन्द्र अलपत्र परेको छ । बागमती प्रदेश सरकारको पाँच करोड र मन्थली नगरपालिकाको दुई करोड दस लाख रुपियाँको लागतमा साझेदारीमा चिस्यान केन्द्र निर्माण भएको हो । गत आर्थिक वर्ष २०७८÷७९ बाटै सञ्चालन हुनुपर्ने यो चिस्यान केन्द्र सञ्चालनमा आउन नसक्दा जिल्लामा उत्पादित जुनारलगायतका अमिलो जातका फलफूल, किवी, आलु र तरकारी उत्पादन गर्दै आएका किसान समस्यामा परेका छन् । चिस्यान केन्द्रको व्यवस्थापनका लागि सामान्य घेराबारसमेत नहुँदा अहिले सवारी पार्किङ र कुकुरलगायतका पशु चौपाया बस्ने थलो बनेको स्थानीय पूर्ण सुवेदीले बताउनुभयो ।

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेशमा प्रदेश सरकारले निर्माण सुरु गरेका चिस्यान केन्द्र अलपत्र

धनगढी – सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले २०७८ सालमा चिस्यान केन्द्र निर्माण कार्य सुरु गरेको भएपनि अझै निर्माण सम्पन्न हुन सकेका छैनन्। किसानको मागअनुसार आलु, तरकारी र फलफूल भण्डारणका लागि सुदूरपश्चिम सरकारले प्रदेशका बिभिन्न जिल्लामा १३ वटा चिस्यान केन्द्र निर्माण गर्न २०७७ सालमा ५ करोड बजेट छुट्याएको थियो। मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालयमार्फत […]

चिस्यान केन्द्र निर्माण अलपत्र

पर्वतको मोदी गाउँपालिकास्थित पातीचौरमा निर्माणाधीन चिस्यान केन्द्र ६ वर्षदेखि अलपत्र छाडिएको छ ।

चिस्यान केन्द्र १० वर्षदेखि अलपत्र

पाल्पा । पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वतलगायत जिल्लाका किसानको कृषिउपज भण्डारण गर्न निर्माण सुरु गरिएको चिस्यान केन्द्र १० वर्षदेखि अलपत्र छ ।

चिस्यान केन्द्र १० वर्षदेखि अलपत्र

पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वतलगायत जिल्लाका किसानको कृषिउपज भण्डारण गर्न निर्माण सुरु गरिएको चिस्यान केन्द्र १० वर्षदेखि अलपत्र छ ।  तानसेन नगरपालिका–७ बाघखोरमा दुई वर्षमा सक्ने गरी निर्माण सुरु भएको चिस्यान केन्द्रको १० वर्षमा २७ प्रतिशत मात्र काम सकिएको छ ।तेत्तीस फिट अग्लो, २६ मिटर लम्बाइ र १४ मिटर चौडाइको चिस्यान केन्द्र, दुई हजार टन कृषिउपज राख्न सकिने क्षमताको छ । भारतीय राजदूतावासको सहयोगमा निर्माण थालिएको हो । रु चार करोड ९९ लाख ९१ हजार नौ सय पाँचमा सम्झौता भएको

अलपत्र अवस्थामा चिस्यान केन्द्र

रामेछाप । रामेछापको मन्थलीमा निमार्ण भएको चिस्यान केन्द्र अलपत्र अवस्थामा छ । बागमति प्रदेश सरकारको ५ करोड र मन्थली नगरपालीकाको २ करोड लागतमा निमार्ण भएको चिस्यान केन्द्र सन्चालनमा नआउदा कृषक निरास भएका छन् । जिल्लामा उत्पादित कृषि उपजलाई संचित गरी बेसिजनमा बजारसम्म पुर्याउने उद्देश्यले चिस्यान केन्द्र निर्माण भए पनि हाल सम्म पनि निमार्ण कार्य सम्पन्न […]

रामेछापको चिस्यान केन्द्र अलपत्र

रामेछाप- मन्थलीमा निर्माणाधीन जिल्लाकै एकमात्र चिस्यान केन्द्र अलपत्र बनेपछि यहाँका किसानहरू चिन्तित बनेका छन् । तरकारी तथा फलफूल उत्पादक किसानहरूलाई लक्षित गरेर रामेछापको सदरमुकाम मन्थलीमा निर्माणाधीन तरकारी तथा फलफूल चिस्यान केन्द्र समयमै निर्माण  सम्पन्न नहुँदा अलपत्र परेको हो  ।  मन्थली नगरपालिका–१ सानीमदौमा निर्माणाधीन चिस्यान केन्द्र निर्माण अवधि  सकिएको लामो सयम बितिसक्दा पनि अलपत्र भएपछि यहाँका […]

चिस्यान केन्द्र साढे चार वर्षदेखि अलपत्र

पर्वत । पर्वतको मोदी गाउँपालिका वडा नं २ देउपुरमा निर्माणाधीन चिस्सान केन्द्र (कोल्ड स्टोर) साढे चार वर्षदेखि अलपत्र बनेको छ । आर्थिक वर्ष २०७३/७४ सालमा ५ करोड लागतमा निर्माण शुरू भएको कोल्ड स्टोरले पूर्णता पाउन नसकेको हो । ‘अफसिजन’मा फलफूल र तरकारी बजारमा पठाउने गरी कोल्डस्टोर निर्माणको अवधारणा ल्याइएको थियो । स्थानीय खेमबहादुर र बुद्धिकुमारी हमालको जग्गामा निर्माण थालिएको कोल्ड स्टोर एक तला बनेपछि अलपत्र बनेको छ । हमाल दम्पतीका नाममा रहेको जग्गा रकम निकासा आएपछि भुक्तानी गर्ने सहमतिमा कोल्ड स्टोर निर्माण गर्ने सम्झौता भएर एक तला निर्माण गरिए पनि अहिले अपूर्ण संरचना समेत जीर्ण बनेको छ । स्थानीय प्रेमबहादुर हमाल, मानबहादुर पौडेल र मनोजकुमार शर्माको रोहवरमा हमाल दम्पतीको ७ आना १ दाम जग्गा १३ लाख ५० हजार रुपैयाँमा खरिद गर्ने गरी तमसुक लेखिएको थियो । २०७४ वैशाख १७ मा लेखिएको तमसुकमा उक्त जग्गा गंगा तिमिल्सिनाको नाममा सोही वर्षको जेठ १५ भित्र पास गर्ने उल्लेख छ । तर न जग्गा पास भएको छ, न रकम नै दिइएको छ । निर्माण समिति अध्यक्ष गंगा तिमिल्सिनाले  इस्टिमेट अनुसारको बजेट नआएकाले भवन निर्माणलगायत सबै काम अलपत्र परेको बताइन् । उनका अनुसार शुरूको वर्ष ५० लाख विनियोजन गर्ने सम्झौता भएको थियो । तर २४ लाखभन्दा आएन । ‘क्रमिक रूपमा बजेट आउँछ भन्ने थियो । २४ लाख विनियोजन भएपछि काम शुरू गरिहाल्यौं,’ उनले भनिन्, ‘इस्टिमेट अनुसार बजेट नआएपछि काम अघि बढ्न नसकेको हो ।’ देउपुर पर्वतकै सुन्तला पकेट क्षेत्र हो । अहिले ४०–५० रुपैयाँ प्रतिकिलोमा विक्री गर्नुपर्ने सुन्तला चैतसम्म राख्न सके पाँच गुणासम्म बढी मूल्य पाइने आशामा किसान छन् । कोल्डस्टोर निर्माणका लागि स्थानीयले मोदी गाउँपालिका, प्रदेश र केन्द्रसम्मै गुहारेका छन् । तर अहिलेसम्म बजेट निकासा हुने संकेत नपाइएको वडाध्यक्ष विकास तिमिल्सिनाले बताए ।   गाउँपालिका अध्यक्ष प्रेम शर्मा पौडेलले भने कोल्डस्टोर अन्यत्र बनाउने तयारी भएको बताए । २ वर्षअघिको गाउँसभाले कोल्डस्टोर निर्माणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर उक्त स्थानमा जग्गा अपुग भएकाले अन्यत्र खोज्ने भनिए पनि काम हुन सकेको छैन । पर्वतका किसानले आलुको बीउ, सुन्तला, मकै, धानलगायत फसल पोखराका कोल्डस्टोरमा भण्डारण गर्न प्रतिक्विन्टल २ हजार रुपैयाँसम्म भाडा तिर्दै आएका छन् । कोल्ड स्टोर निर्माणका लागि राजनीतिक नेतृत्वले चासो दिनुपर्ने किसानहरूको माग छ ।

पर्वतमा निर्माणाधिन चिस्यान केन्द्र साढे चार वर्षदेखि अलपत्र

पुस ८, पर्वत । पर्वतको मोदी गाउँपालिका वडा नं. २ देउपुरमा निर्माणाधिन कोल्ड स्टोर विगत साढे चार वर्षदेखि अलपत्र बनेको छ । आर्थिक वर्ष ०७३/७४ सालमा रू. ५ करोडको लागतमा निर्माण शुरु भएको कोल्ड स्टोरले पूर्णता पाउन नसकेको हो । बेसिजनमा सुन्तला र आलु लगायत फलफुल र तरकारीलाई बजारमा पठाउने गरी रू. ५ करोड रुपैयाँ लागत अनुमान गरी कोल्डस्टोर निर्माणको अवधारणा ल्याइएको थियो । २ तलाको कोल्डस्टोर निर्माण योजना तीनै तहका सरकारवाट पर्याप्त बजेट निकासा नहुँदा अलपत्र बनेको हो ।  स्थानीय खेमबहादुर र बुद्धिकुमारी हमालको जग्गामा निर्माण थालिएको कोल्ड स्टोर एक तला बनेपछि अलपत्र बनेको छ । हमाल दम्पतीका नाममा रहेको जग्गा रकम निकासा आएपछि भुक्तानी गर्ने सहमतिमा कोल्डस्टोर निर्माण गर्ने सम्झौता भएर एक तल्ला निर्माण गरिए पनि अहिले अपूर्ण संरचना समेत जीर्ण बनेको छ । स्थानीय प्रेमबहादुर हमाल, मानबहादुर पौडेल र मनोजकुमार शर्माको रोहवरमा हमाल दम्पतीको ७ आना १ दाम जग्गा रू. १३ लाख ५० हजार रुपैयाँमा खरीद गर्ने गरी तमसुक लेखिएको थियो । २०७४ वैशाख १७ मा लेखिएको तमसुकमा उक्त जग्गा गंगा तिमिल्सिनाको नाममा सोही वर्षको जेठ १५ भित्र पास गर्ने उल्लेख छ ।  हमाल दम्पती दिन गन्दै बसिरहनुभएको भएपनि त्यस्ता जेठ १५ अहिलेसम्म ४ ओटा गइसकेका छन् । न जग्गा पास भएको छ न रकम नै पाएका छन । निर्माण समिति अध्यक्ष गंगा तिमिल्सिनाले इस्टिमेट अनुसारको बजेट नआएका कारण भवन निर्माणलगायत सबै काम अलपत्र परेको बताईन् । तिमिल्सिनाका अनुसार शुरुको वर्ष रू. ५० लाख विनियोजन गर्ने सम्झौता भएको थियो । तर रू. २४ लाखभन्दा आएन । ‘क्रमिक रूपमा बजेट आउँछ भन्ने थियो । २४ लाख विनियोजन भएपछि काम शुरु गरिहाल्यौं,’ उनले भनिन्, ‘इस्टिमेटअनुसार बजेट नआएपछि काम अघि बढ्न नसकेको हो । पैसा छिट्टै आउँछ भनेकाले कागज गरेर जग्गा लिने सम्झौता भएपनि रकम निकासा नआएपछि समस्या भएको उनको भनाइ छ । दुईतले कोल्डस्टोर निर्माण कार्य एक वर्षमा सक्ने लक्ष्य थियो । तर लक्ष्यअनुसार काम गर्न बजेट अभाव भएपछि निर्माणकै क्रममा एक तलाको ढलान गरेर अलपत्र छोडिएको छ । बनेको संरचना पनि अहिले खण्डहर बनेको छ ।   समयमै निर्माण सम्पन्न भएको भए अहिलेसम्म प्रयोगमा आइसक्थ्यो । ‘हामीले कौडीका भाउमा सुन्तला बेच्नुपरेको छ,’ स्थानीय दाताराम चापागाईं भने, ‘कोल्डस्टोर भइदिएको भए अहिले टिपेका सुन्तला फागुन÷चैतमा डेढ सय रुपैयाँ किलोमा विक्री हुने थिए ।’  देउपुर पर्वतकै सुन्तला पकेट क्षेत्र हो । अहिले ४०–५० रुपैयाँ प्रतिकिलोमा विक्री गर्नुपर्ने सुन्तला चैतसम्म राख्नसके पाँच गुणासम्म बढी मूल्य पाइने आशामा किसान रहेका छन् । कोल्डस्टोर निर्माणका लागि स्थानीयले मोदी गाउँपालिका, प्रदेश र केन्द्रसम्मै गुहारेका छन् । तर अहिलेसम्म बजेट निकासा हुने कतैबाट आशलाग्दो खबर नपाइएको वडाध्यक्ष विकास तिमिल्सिनाले बताए ।   गाउँपालिका अध्यक्ष प्रेम शर्मा पौडेलले भने कोल्डस्टोर अन्तै बनाउने तयारी भएको बताए । २ वर्षअघिको गाउँसभाले कोल्डस्टोर निर्माणका लागि रू. ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर उक्त स्थानमा जग्गा अपुग भएकोले अन्यत्र खोज्ने भनिए पनि काम हुन सकेको छैन । उक्त जग्गामा बनेको भवनलाई निरन्तरता दिने वा अन्यत्र सुविधासम्पन्न कोल्डस्टोर बनाउने भन्ने विषयमा सामान्य छलफल भए पनि निचोडमा पुग्नेगरी काम नभएको पौडेलले बताए ।  ‘यो विषय बेलाबेला उठ्दै सेलाउँदै गरेको छ,’ उनले भने, ‘त्यसैलाई निरन्तरता दिँदा जग्गा कमी हुने, जग्गाधनीलाई पैसा दिनुपर्ने लगायत कुरा छन् । अन्यत्रै सार्वजनिक जग्गा खोजेर बनाउने छलफल चलेको छ ।  निर्णयमा पुगिएको छैन ।’  पर्वत जिल्लाका किसानले आलुको बीउ, सुन्तला, मकै, धानलगायत फसल पोखराका कोल्डस्टोरमा भण्डारण गर्न प्रतिक्विन्टल २ हजार रुपैयाँसम्म भाडा तिर्दै आएका छन् । कोल्ड स्टोर निर्माणका लागि राजनीतिक नेतृत्वले चासो दिनुपर्ने किसानहरुको माग रहेको छ ।

चिस्यान केन्द्र अलपत्र

रामेछापको मन्थली नगरपालिका–१, सानीमदौमा निर्माण भएको तरकारी तथा फलफूल चिस्यान केन्द्र अलपत्र अवस्थामा छ। बागमती प्रदेश सरकारको पाँच करोड र मन्थली नगरपालिकाको दुई करोड १० लाख रुपियाँको साझेदारीमा उक्त चिस्यान केन्द्र निर्माण भएको हो। आर्थिक वर्ष २०७८/७९ देखि नै सञ्चालन हुनुपर्ने यो चिस्यान केन्द्र अझै सञ्चालनमा आउन नसक्दा यस जिल्लामा उत्पादन हुने जुनारलगायतका अमिलो जातका फलफूल, किवी, आलु, तरकारी उत्पादन गर्ने किसानले लाभ लिन सकेका छैनन्।

विद्युत् अभावमा चिस्यान केन्द्र अलपत्र

पूर्वी सुर्खेतको भेरीगङ्गामा निर्माण गरिएको चिस्यान केन्द्र विद्युत् अभावले बन्द भएको छ। दुई सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र दुई वर्ष जेनतेन चलेको थियो। आर्थिक वर्ष २०७३/७४ देखि निर्माण सुरु गरिएको कोल्ड स्टोर आव २०७७/७८ बाट आंशिक सञ्चालनमा ल्याइएको थियो। तीन करोड लगानीमा निर्माण गरिएको चिस्यान केन्द्र विद्युत् आपूर्ति सहज नहुँदा बन्द भएको साना किसान कोल्ड स्टोरकी अध्यक्ष ज्ञानु भुसालले जानकारी दिनुभयो।