वीरेन्द्रनगर नगरपालिका–१० की पम्फा थापाले १० कट्टा जमिनमा तरकारी खेती लगाएकी छन् । उनको परिवारका ५ जना सदस्य नै बिहान सबेरैदेखि साँझ अबेरसम्म कृषि व्यवसायमै व्यस्त रहन्छन् । आलु, काउली, टमाटर, धनिया, साग, मुलालगायत मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आएका उनीहरूले दैनिक ५० किलोसम्म तरकारी बिक्री गर्छन् ।