सत्तारुढ गठबन्धनमा आगामी स्थानीय तह निर्वाचनमा मिलेरै जाने भन्नेबारे छलफल भइरहेको छ । बिहीबार भएको सत्ता गठबन्धनको बैठकमा मिलेरै आगामी स्थानीय तहको चुनावमा जानेबारे छलफल भएको नेताहरुले बताएका छन् । बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले अघिल्लो चुनावमा गठबन्धनभित्रका जुन दलको स्थानीय तहमा बलियो उपस्थिति रहेको छ उही दललाई उम्मेदवार दिएर बाँकी दललाई सघाउन सकिने बारे धारणा राखेका थिए । यस्तै गठबन्धन कमजोर भएको स्थानमा चाहिँ छलफलका आधारमा साझा उम्मेदवार खडा गर्न सकिने द