बाँके – राष्ट्रिय प्रजातान्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा जिल्लास्तरमा नेकपा एमालेसँग सहकार्य हुनसक्ने बताउनुभएको छ ।
राप्रपा बाँकेले सोमवार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले आवश्यकताका आधारमा जिल्ला तहमा सहकार्य हुन सक्ने तर कुनै पनि पार्टीसँग देशव्यापी गठबन्धन नहुने स्पष्ट पार्नुभयो । नेकपा एमालेसँग जिल्लास्तरमा सकारात्मक छलफल अघि बढेको भन्दै अहिलेसम्म निष्कर्ष भने नआएकाे उहाँकाे भनाइ छ ।
अघिल्लो चुनावम...