मोरङका सबै स्थानीय तहमा एकल उम्मेदवारी दिने एकीकृत समाजवादीको निर्णय

विराटनगर : एकीकृत समाजवादी पार्टीले मोरङ जिल्लाका सबै स्थानीय तहमा एकल रूपमा उम्मेदवारी दिने निर्णय गरेको छ।विराटनगरमा आज (शुक्रबार) बसेको बैठकले पाँचदलीय गठबन्धनका अन्य दलहरूसँगको छलफल सकारात्मक दिशामा अघि बढ्न नसकेको निष्कर्ष निकाल्दै विराटनगर महानगर बाहेक १५ वटा स्थानीय तहमा एकल उम्मेदवार छनोट गरी चुनावमा जाने निर्णय गरेको हो।बैठकले मोरङका सबै स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीका तर्फबाट सम्भावित उम्मेदवारको नाम सिफारिस गर्ने समेत निर्णय गरेको मोरङ जिल्ला पार्टी प्रचार विभाग प्रमुख ओसिम आलम

सम्बन्धित सामग्री

लोसपाले गर्यो एमाले र जसपासँग तालमेल, १८० पालिकामा उम्मेदवारी

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले नेकपा एमाले र जनता समाजवादी पार्टीसँग चुनावी तालमेल गरेको छ। एमालेसँग दुई र जसपासँग दुई स्थानीय तह गरेर कुल चार स्थानीय तहमा लोसपाले तालमेल गरेको हो। बाँकी स्थानीय तहमा भने लोसपाले एकल उम्मेदवारी दिएको छ । महोत्तरीको बर्दिवास नगरपालिका र वीरगञ्ज महानगरपालिकामा एमालेसँग तालमेल भएको लोसपाका नेता केशव झाले जानकारी दिए ।  बर्दिवास नगरपालिकामा मेयर एमालेलाई दिएर उपमेयर लोसपाले लिएको छ। यस्तै वीरगञ्ज महानगरमा मेयर एमाले र उपमेयर लोस

धनकुटामा सातै स्थानीय तहमा गठबन्धन र एमालेको उम्मेदवारी

धनकुटा : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धनकुटाका ७ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता भएको छ।जिल्लाभर एमालेले एक्लै उम्मेदवारी दिएको छ भने सत्ता साझेदार गठबन्धनमा कतै साझा उम्मेदवारी परेको छ भने कतै एकल उम्मेदवारी परेको छ।स्थानीय तह भागबण्डामा कुरो नमिलेपछि गठबन्धनमा आबद्ध दलहरूबीच कतै एकल उम्मेदवारी परेको हो।धनकुटा नगरपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश आठपहरिया राईले प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन्।गठबन्धनबाट उपप्रमुखमा माओवादीका गणेश विष्टले उम्म