नेपाली काँग्रेसले आगामी स्थानीय तह चुनावमा गठबन्धन गरेर अघि बढ्दा पार्टीको तल्लो तहमा केन्द्रले हस्तक्षेप नगर्ने प्रस्ट पारेको छ । शनिवार भएको काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक भइरहेका बेला पार्टीका प्रवक्ता डा.प्रकाश शरण महतले महानगरपालिका र उपमहानगरमा गठबन्धन गर्ने र उम्मेदवार छान्ने बाहेक तल्लो तहमा केन्द्रको हस्तक्षेप नहुने बताएका हुन् । पत्रकारहरूसँग महतले भने–‘कहाँ गठबन्धन गर्न सकिन्छ, कहाँ सकिँदैन, कहाँ कसरी जान सकिन्छ वडाध्यक्षदेखि नगरसम्मको अध्यक्ष उपाध्यक्षक