अमेरिकाको हवाईमा बोइङ ७३७ कार्गो जेट विमान दुर्घटना भएको छ। दुईजना पाइलट सवार उक्त बोइङ इन्जिनमा समस्या उत्पन्न भएपछि अमेरिकाको हवाईस्थित समुन्द्री तटनजिकै झरेको बिबिसीले जनाएको छ।उक्त विमान होनोलुलुबाट माउइ टापुतर्फ गइरहेको थियो। ड्यानियल के इनोए अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केहीबेरमान पानीमा खसेको बताइएको थियो। तटरक्षक सुरक्षा फौजले स्थानीय समयअनुसार शुक्रवार बिहानै दुवै पाइलटलाई उद्धार गरेका छन्।रोयटर्स समाचार संस्थाले एकजना पाइलट जहाजको पुच्छर समातेर पानीमा तैरिरहेको जनाएको