वासिङ्टन । एकसय बत्तिस जनाको ज्यान जाने गरी भएको चाइना इस्टर्न एयरलायन्सको विमान दुर्घटना नियतवश नै गराइएको हुनुपर्ने बताइएको छ । अमेरिकी अधिकारीहरूले एबीसी न्युजसँग यस्तो बताएका हुन् ।
गत २१ मार्चमा कुन्मिङबाट ग्वांगझाउतर्फ उड्ने क्रममा बोइङ ७३७–८०० यात्रुवाहक जेट विमान चीनको गुआङ्सीस्थित पहाडी इलाकामा खसेको थियो । सो दुर्घटनामा सबै १...