सहकारीलाई पुसभित्र साधारणसभा सकेर प्रतिवेदन बुझाउन काठमाडौँ महानगरको निर्देशन

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्रका सहकारीहरूलाई आउँदो पुसभित्र साधारणसभा सकेर पारित प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । काठमाडौं महानगरपालिले अत्यन्त जरुरी सूचना निकालेर आफ्नो कार्यक्षेत्रभित्र रहेका सहकारीलाई पुस २०७९भित्र साधारण सभा सक्न र यसको १५ दिनभित्र प्रतिवेदन पारित गरेर महानगरमा बुझाउन निर्देशन दिएको हो । सहकारी संस्थामा सदस्य बनाएर मात्र कारोबार गर्न र सबै सदस्यलाई […]

सम्बन्धित सामग्री

सहकारीहरूलाई पुसभित्र साधारणसभा सकाएर प्रतिवेदन बुझाउन महानगरको निर्देशन

काठमाडौं : काठमाडौं महानगरपालिकाले सहकारीहरूलाई आगामी पुस मसान्तभित्र साधारणसभा सम्पन्न गरी पारित प्रतिवेदन महानगरमा बुझाउन  निर्देशन दिएको छ। महानगरपालिकाले एक सूचना जारी गरी यस्तो निर्देशन दिएको हो। सूचनामा भनिएको छ,‘सहकारी ऐन, २०७४ को दफा ३९(२) तथा काठमाडौं महानगरपालिका सहकारी ऐन, २०७४ को दफा २८(२) एवं दफा १०४ बमोजिम महानगरपालिका भित्र मात्र कार्यक्षेत्र भएका सहकारी संस्थाहरूले आगामी २०८० पौष मसान्तभित्र साधारण सभा सम्पन्न गरी साधारणसभा सम्पन्न भएको मितिले १५ दिनभित्र साध

सहकारीलाई पुसभित्र साधारणसभा सक्न निर्देशन

काठमाडौं महागरपालिकाभित्रका सहकारी संस्थाले पुस मसान्तभित्र साधारणसभा सम्पन्न गरिसक्न महानगरले निर्देशन दिएको छ । महानगरपालिका कार्यक्षेत्र भएका सहकारी संस्थाका नाममा सूचना प्रकाशित गर्दै महानगरले सबै सहकारीलाई आगामी पुस मसान्तभित्र साधारणसभा सम्पन्न गरी त्यसको १५ दिनभित्र साधारणसभाबाट पारित प्रतिवेदन काठमाडौं महानगरपालिकाभित्रको सहकारी विभागमा अनिवार्य बुझाउनुपर्ने पनि बताएको छ ।विभागले सहकारी संस्थामा सदस्य बनाएर मात्र कारोबार गर्न […]

सहकारीलाई पुसभित्र साधारणसभा सकेर प्रतिवेदन बुझाउन काठमाडौं महानगरको निर्देशन

काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्रका सहकारीहरूलाई आउँदो पुसभित्र साधारणसभा सकेर पारित प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । काठमाडौं महानगरपालिका सूचना निकालेर आफ्नो कार्यक्षेत्रभित्र रहेका सहकारीलाई पुस २०७९ भित्र साधारणसभा सक्न र यसको १५ दिनभित्र प्रतिवेदन पारित गरेर महानगरमा बुझाउन निर्देशन दिएको हो । सहकारी संस्थामा सदस्य बनाएर मात्र कारोबार गर्न र सबै सदस्यलाई साधारणसभामा उपस्थितिका लागि आह्वान गर्न पनि सहकारीलाई महानगरले निर्देशन दिएको छ ।

सहकारीलाई पुसभित्र साधारणसभाकाे प्रतिवेदन बुझाउन महानगरको निर्देशन

काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्रका सहकारीहरुलाई आउँदो पुसभित्र साधारणसभा सकेर पारित प्रतिवेदन बुझाउन निर्देशन दिएको छ।...

सहकारीलाई पुसभित्र साधारणसभा गरिसक्न काठमाडौं महानगरको निर्देशन

२८ भदौ, काठमाडौं । काठमाडौं महागरपालिका भित्रका सहकारी संस्थाले पुस मसान्त २०७९ भित्र साधारणसभा सम्पन्न गरिसक्नु पर्ने भएको छ । महानगरपालिका कार्यक्षेत्र भएका सहकारी संस्थाका नाममा सूचना प्रकाशित गर्दै महानगरले यस्तो निर्देशन दिएको हो । सबै सहकारीले अब पुस मसान्त भित्र साधारणसभा सम्पन्न गरी त्यसको १५ दिन भित्र साधारणसभाबाट पारित प्रतिवेदन काठमाडौं महानगरपालिका भित्रको सहकारी […]

लाइफ इन्स्योरेन्स कर्पोरेशनको साधारणसभा आह्वान

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले फागुन ११ गते बुधबार सम्पन्न हुने गरि साधारणसभा आह्वान गरेको हो ।सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक  वर्ष ७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब २१ करोडको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनकोलागी १.०५ प्रतिशत नगद लाभांश गरि कुल २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।त्यस्तै सभामा वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, नाफा नोक्सान हिसाब लगायतका प्रतिवेदन पारित गर्ने,  लेखापरीक्षक नियुक्त गर्ने, निजको पारिश्रमिक तोक्ने, संचालकको नियुक्ति अनुमोदन गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भई आएमा सो को अख्तियारी संचालक समितिलाई दिने , लगायतका प्रस्ताव पेश हुने छन्।कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ २४ गतेदेखि फागुन ११ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ २३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

जानकी फाइनान्सको साधारणसभा आह्वान

जानकी फाइनान्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले फागुन ७ गते जनकपुरधाममा सभा आह्वान गरेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद गरि कुल १५.७८९५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।    कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ २४ गतेदेखि फागुन ६ गतेसम्म  बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ २३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । सभामा वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, नाफा नोक्सान हिसाब लगायतका प्रतिवेदन पारित गर्ने, संस्थापक तर्फ ३ र सर्वसाधारणतर्फ २ जना गरि ५ जना संचालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, र नियामक निकायबाट थप संशोधनको लागि निर्देशन  भई आएमा सो को अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ ।

तेह्रथुम पावरको साधारणसभा आह्वान

तेह्रथुम पावरले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २८ गते बुधबार होटेल हार्दिकमा सभा आह्वान गरेको हो ।   कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ५ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ४ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिनसक्ने छन् । कम्पनीले लाभांश घोषणा गरेको छैन । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु : आ.व. २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने सम्बन्धमा । लेखा परिक्षण प्रतिवेदन सहितको आषाढ ३१, २०७८ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तिय विवरणहरु छलफल गरि स्वीकृत गर्ने सम्बन्धमा । कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०७८/७९ का लागि बाह्य लेखापरीक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा । कम्पनी ऐनको दफा ७८ बमोजिमको विवरण सम्बन्धमा । रिक्त संचालक समिति सदस्यको निर्वाचन / मनोनयन सम्बन्धमा। संचालक समितिको लागि निर्वाचन अधिकृतको चयन सम्बन्धमा । उपरोक्त प्रस्तावहरु स्वीकृती एवम् अभिलेखको लागि पेश गर्दा नियमनकारी निकाय वा कार्यालयबाट कुनैपनि बिषयमा संशोधन, परिवर्तन तथा कुनै पनि किसिमको निर्देशन वा कैफियत प्राप्त भएमा सो समेत मिलाई संशोधन वा परिवर्तन गर्ने लगायतका आवश्यक सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने बारे । विविध।

अभियान लघुवित्तको साधारणसभा आह्वान

अभियान लघुवित्तले साधारणसभा आह्वान गरेको छ ।  कम्पनीले कार्तिक १३ गते शनिवार भर्चुअल माध्यमबाट सभा गर्न लागेको हो । कम्पनीको सभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र नियामक निकायले थप संशोधनको लागि निर्देशन दिएमा सो को अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुने छ  ।त्यस्तै सभामा सर्बसाधारणलाई छुट्याईएको शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पेश हुने छ ।  विशेष प्रस्ताव अन्तर्गत नै एक आपसमा मर्जर तथा प्राप्तिमा जाने निर्णय गर्ने, सम्झौता गर्ने, डिडिए गर्ने लगायतका सम्पूर्ण कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ ।   हाल कम्पनीको चुक्ता पुंजी १५ करोड २५ लाख रहेको छ भने अधिकृत पुंजी ३० करोड रहेको छ ।

गोर्खाज फाइनान्सको साधारणसभा फेरि स्थगित

गोर्खाज फाइनान्स Gurkhas Finance Limited आज भदौ २४ मा हुने भनिएको साधारणसभा स्थगित भएको छ । उच्च अदालत पाटनले साधारणसभा स्थगन गर्न अन्तरिम आदेश दिएपछि आदेश बमोजिम सभा स्थगित गरिएको कम्पनीले जनाएको छ । कम्पनीले यस अघि बैशाख २१ गते आर्थिक वर्ष ७६/७७ को साधारणसभा आह्वान गरेको थियो। तर नयाँ भेरियन्टको कोरोना संक्रमण बढेको र निषेधाज्ञा समेत जारि भएको अवस्थामा सभा स्थगित गरेको थियो । स्थगन भएको सो सभा आज भदौ २४ गते काठमाडौँको होटेल क्राउन इम्पेरीयलमा हुने तय भएको थियो । अदालतको आदेश पछि आज हुनु पर्ने सभापनि स्थगन भएको हो ।  सभामा वित्तीय प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, निजको पारिश्रमिक तय गर्ने, संचालको निर्वाचन गर्ने प्रस्ताव पेश हुने कार्यसूची थियो। प्रबन्धपत्र  र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भई आएमा त्यसको अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव समेत सभामा पेश हुने कार्य सूची थियो । सभाले सर्बसाधारणबाट प्रतिनिधित्व गर्ने  ३ जना र संस्थापकबाट प्रतिनिधित्व गर्ने  ३ जना गरि ६ जना संचालकको निर्वाचन गर्ने तयारी थियो  ।  कम्पनीले साधारणसभाको लागि बैशाख ६ देखि २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको थियो । कम्पनीले लाभांश भने प्रस्ताव गरेको थिएँन ।