जानकी फाइनान्सको साधारणसभा आह्वान

जानकी फाइनान्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले फागुन ७ गते जनकपुरधाममा सभा आह्वान गरेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद गरि कुल १५.७८९५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।    कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ २४ गतेदेखि फागुन ६ गतेसम्म  बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ २३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । सभामा वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, नाफा नोक्सान हिसाब लगायतका प्रतिवेदन पारित गर्ने, संस्थापक तर्फ ३ र सर्वसाधारणतर्फ २ जना गरि ५ जना संचालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, र नियामक निकायबाट थप संशोधनको लागि निर्देशन  भई आएमा सो को अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ ।

सम्बन्धित सामग्री

जानकी फाइनान्सको संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले खरीद गर्न मिल्ने

काठमाडौं । जानकी फाइनान्स लिमिटेडले ५० हजार कित्ता संस्थापक शेयर बिक्री खुला गरेको छ । यो शेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।  यसअघि विद्यमान संस्थापक शेयरधनीहरुले शेयर खरीद नगरेपछि सो शेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।  शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले आज (मंसिर १८ गते) बाट ७ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय जनकपुरधाममा के कति शेयर खरीद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् । सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस

जानकी फाइनान्सको अध्यक्षमा बलराम प्रसाद गुप्ता चयन

काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले अध्यक्षमा बलराम प्रसाद गुप्तालाई चयन गरेको छ । कम्पनीको साउन १३ गते बसेको सञ्चालक समितिको बैठकले गुप्तालाई अध्यक्षमा चयन गरेको हो ।

जानकी फाइनान्सको ५८ हजार संस्थापक शेयर सर्वसाधारणले खरीद गर्न पाउने

काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले संस्थापक तर्फको ५८ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरेको छ । यसअघि जेठ २२ गतेदेखि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्री खुला गर्दा वितरण हुन नसकेको यो शेयर सर्वसाधारणमा जारी गरिएको हो । कम्पनीले आज सूचना जारी गर्दै इच्छुक खरीदकर्ताहरूले आगामी सात दिनभित्र आवेदन पेस गर्न भनेको छ । निवेदन कम्पनीको केन्द्रीय कार्यालय, जनकपुरधाममा पेस गर्नुपर्नेछ । कम्पनीले अशोक शाहको नाममा रहेको शेयर विक्री खुला गरेको हो ।

तेस्रो त्रैमासमा जानकी फाइनान्सको नाफा २५५% बढ्यो

वैशाख १३, काठमाडौं । जानकी फाइनान्स लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २५५ दशमलव ६७ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा रू. १ करोड ४७ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा बढेर रू. ५ करोड २४ लाख पुगेको हो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले खुद नाफा बढ्न टेवा पुगेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ६६ प्रतिशत र सञ्चालन नाफा २४५ प्रतिशत वृद्धि भएको हो । कम्पनीको चुक्ता पूँजी रू. ६९ करोड ४ लाख रहेको छ भने कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा जगेडामा रू. २० करोड ५१ लाख र रिटेण्ड अर्निङमा रू. ६ करोड २० लाख सञ्चित गरेको हो । सो अवधिमा कम्पनीको खुद नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ३ दशमलव २८ रहेकोमा चालू आवमा बढेर रू. १० दशलमव १३ पुगेको हो । त्यसैगरी चालू आवमा कम्पनीको मूल्य आम्दानी अनुपात ४३ दशलमव १२ गुणा,तरलता अनुपात २३ दशमलव ८३ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३८ दशमलव ६९ रहेको छ ।

जानकी फाइनान्सको सीईओमा दिनेश कुमार शर्मा नियुक्त

फागुन ३०, काठमाडौं । जानकी फाइनान्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा दिनेश कुमार शर्मालाई नियुक्त गरेको छ । फागुन २९ गते बसेको सञ्चालक समितीको बैठकले सोही दिन देखि लागू हुने गरी आगामी चार वर्षको लागि सीईओमा शर्मालाई नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

जानकी फाइनान्सको साधारण सभा सम्पन्न, १५.७८ % लाभांश पारित

फागुन २३, काठमाडौं । जानकी फाइनान्स लिमिटेडको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  सभा आइतवार गायत्री कुञ्ज अतिथि सदन, जनकपुरधाममा सम्पन्न भएको हो । सभाले १५ प्रतिशत बोनस शेयर र शून्य दशलमव ७८ प्रतिशत नगद लाभांश  प्रस्ताव पारित गरेको हो । सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ ।  त्यसैगरी सभाले आव २०७८/ ७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

पहिलो त्रैमासमा जानकी फाइनान्सको नाफा २.८ गुणा बढ्यो

कात्तिक १७, काठमाडौं । जानकी फाइनान्स कम्पनीले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १८९ प्रतिशत अर्थात् २ दशमलव ८ गुणाले वृद्धि भएको छ ।  गत आवको पहिलो त्रैमासमा रू. ९६ लाख ६४ हजार खुद नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि गर्दै रू. २ करोड ७९ लाख ४५ हजार नाफा कमाएको छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । सञ्चालन नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १४७ प्रतिशत र खुद ब्याज आम्दानी २३ प्रतिशत वृद्धि भएको छ ।  चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. १९ करोड ४९ लाख ७१ हजार र रिटेण्ड अर्निङमा रू. १९ करोड २३ लाख सञ्चित गरेको छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ६ दशमलव ४४ रहेकोमा चालू आवको सोही अवधिमा बढेर रू. १८ दशमलव ६२ पुगेको छ । कम्पनीको चुक्तापूँजी रू. ६० करोड ४ लाख रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ३१ दशमलव ९१ गुणा,तरलता अनुपात २५ दशमलव २९ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १६४ दशमलव ५२ रहेको छ ।  यो पनि हेर्नुस् : चालू आवको ९ महीनामा जानकी फाइनान्सको नाफा १ करोड ४७ लाख चौथो त्रैमासमा जानकी फाइनान्सको नाफा २६ % घट्यो निष्क्रिय कर्जा बढेपछि जानकी फाइनान्सको नाफा १७% घट्यो जानकी फाइनान्सको लाभांश घोषणा

अपि पावर र जानकी फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट

असोज १३, काठमाडौं । जानकी फाइनान्स र अपि पावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  बुधवार बजार खुलेको सवा तीन घण्टाको अवधिमा ती दुबै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।  जानकी फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू. ५८३ र अपि पावर कम्पनीको शेयरमूल्य रू. ४५९ दशमलव ८० मा कारोबार भइरहेको छ । ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।

जानकी फाइनान्स र एचआईडीसीएलको शेयरमूल्यमा सकारात्मक सर्किट

असार ८, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार जानकी फाइनान्स र हाइड्रोइलेक्ट्रिसीटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी(एचआईडीसीएल) को शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दाको समय २ : ३२ बजेसम्ममा ती दुबै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ । उक्त अवधिसम्ममा जानकी फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू. ४४० र एचआईडीसीएलको शेयरमूल्य रू. ४५१ पुगेको छ । ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्यमा वृद्धि भएको हो ।