तेह्रथुम पावरको साधारणसभा आह्वान

तेह्रथुम पावरले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २८ गते बुधबार होटेल हार्दिकमा सभा आह्वान गरेको हो ।   कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ५ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ४ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिनसक्ने छन् । कम्पनीले लाभांश घोषणा गरेको छैन । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु : आ.व. २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने सम्बन्धमा । लेखा परिक्षण प्रतिवेदन सहितको आषाढ ३१, २०७८ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तिय विवरणहरु छलफल गरि स्वीकृत गर्ने सम्बन्धमा । कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०७८/७९ का लागि बाह्य लेखापरीक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा । कम्पनी ऐनको दफा ७८ बमोजिमको विवरण सम्बन्धमा । रिक्त संचालक समिति सदस्यको निर्वाचन / मनोनयन सम्बन्धमा। संचालक समितिको लागि निर्वाचन अधिकृतको चयन सम्बन्धमा । उपरोक्त प्रस्तावहरु स्वीकृती एवम् अभिलेखको लागि पेश गर्दा नियमनकारी निकाय वा कार्यालयबाट कुनैपनि बिषयमा संशोधन, परिवर्तन तथा कुनै पनि किसिमको निर्देशन वा कैफियत प्राप्त भएमा सो समेत मिलाई संशोधन वा परिवर्तन गर्ने लगायतका आवश्यक सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने बारे । विविध।

सम्बन्धित सामग्री

तेह्रथुम पावरको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ

तेह्रथुम पावर कम्पनीको हकप्रद सेयर निष्काशन गर्न सम्झौता सम्पन्न भएको छ । कम्पनीले नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडसँग सम्झौता गरेको हो । कम्पनीले सेयरधनीहरुलाई १ः१ को अनुपातमा निकट भविष्यमा हकप्रद निष्काशनको तयारी गरेको छ । सम्झौतापत्रमा तेह्रथुम पावर कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक मोहनकुमार डाँगी र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले […]

नेपाल हाइड्रो डेभलोपर्स र तेह्रथुम पावरको शेयरमूल्यमा सकारात्मक सर्किट

कात्तिक २९, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको १५ मिनेटको अवधिमा  नेपाल हाइड्रो डेभलोपर्स र तेह्रथुम पावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल हाइड्रो डेभलोपर्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत र तेह्रथुम पावरको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । यी दुवै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । तेह्रथुमको शेयरमूल्य प्रतिकित्ता रू. ४८३ दशमलव ३० र नेपाल हाइड्रो डेभलोपर्सको रू. ५७५ दशमलव ३० पुगेको छ ।

तेह्रथुम पावरको शेयर रजिष्ट्रार बन्यो नेपाल-बंगलादेश क्यापिटल

सको लागि नेपाल बंगलादेश क्यापिटल लिमिटेड तथा तेह्रथुम पावर कम्पनी लिमिटेड बीच सम्झौता भएको हो । सम्झौतामा तेह्रथुम पावर कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक मोहन कुमार डांगी र नेपाल बंगलादेश क्यापिटल लिमिटेडका नायव महाप्रबन्धक राम कुमार महतले हस्ताक्षर गरेका हुन्

तेह्रथुम पावरको शेयर रजिष्ट्रारमा नेपाल बंगलादेश क्यापिटल

काठमाडौं, ४ असोज । तेह्रथुम पावर कम्पनीले शेयर रजिष्ट्रारमा नेपाल बंगलादेश क्यापिटललाई नियुक्त गरेको छ । दुई कम्पनीबीच भदौ ३१ गते सम्झौता भएको कम्पनीले जनाएको छ । सम्झौतासँगै अब तेह्रथुमको शेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब नेपाल बंगलादेश क्यापिटलले गर्ने भएको छ ।

तेह्रथुम पावरको आइपीओ बाँडफाँट, ७४ हजार ४०० ले पाए १० कित्ता शेयर

तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलमा सो शेयर बाँडफाँट भएको हो।

तेह्रथुम पावरको आईपीओमा २३ लाख ८८ हजारको आवेदन

१३ भदौ, काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि खुला गरेको साधरण शेयर (आईपीओ)का लागि २३ लाख ८८ हजार भन्दा धेरै जनाले आवेदन दिएका छन् । कम्पनीले भदौ ९ देखि १३ गते (आज) सम्मका लागि आईपीओमा आवेदन दिने मिति तोकेको थियो । कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता […]

तेह्रथुम पावरको आईपीओ आजदेखि बिक्रि खुल्ला

काठमाडौं, ९ भदौ । आजदेखि तेह्रथुम पावर कम्पनी लिमिटेडले ८ करोड बराबरको ८ लाख कित्ता आईपीओ विक्रिमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित दरको ८ करोड बराबरको ८ लाख कित्ता आईपीओ सर्वसाधारणमा विक्रीमा ल्याएको हो । कुल कित्तामध्ये ५ प्रतिशत दरको ४० हजार कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरिसकेको छ भने २ प्रतिशत दरको […]

तेह्रथुम पावरको आईपीओ भदौ ९ गतेदेखि

तेह्रथुम पावर कम्पनीको यही भदौ ९ गतेदेखि आईपीओ बिक्री ख्ुला गर्ने भएको छ । कम्पनीको आईपीओमा भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ । प्रतिसेयर अंकित मूल्य १ सयका दरले ८ लाख कित्ता सर्वसाधारण समूहको सेयर निस्कासन हुन लागेको हो । यसको ५ प्रतिशत सामुहिक लगानी कोषका लागि र २ प्रतिशत कर्मचारीका लागि छुट्याएपछि बाँकी रहेको […]

तेह्रथुम पावरको आइपिओ भदौ ९ गतेदेखि खुल्ने

सर्वसाधारणका लागि तेह्रथुम पावर कम्पनीको प्राथमिक सेयर (आइपिओ) भदौ ९ गतेदेखि खुल्ने भएको छ। कम्पनीको आइपिओमा भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ।

तेह्रथुम पावरको आईपीओ आजदेखि

काठमाडौं।तेह्रथुम पावर कम्पनीले आजदेखि साधारण सेयर(आईपीओ)निष्काशन तथा बिक्री खुल्ला गरेको छ।कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागिमात्र आईपीओ खुलाएको हो।स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले चार लाख कित्ता आईपीओमा आजदेखि साउन १९ गतेसम्म आवेदन भर्न पाउने छन्।न्यूनतम १० कित्ता र अधिकतमा ६० हजार कित्तासम्मको लागि आवेदन दिन सकिने कम्पनीले बताएको छ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।