गुल्मी – नेपाल पत्रकार महासङ्घ गुल्मीले जिल्लामा अक्सिजन प्लान्ट स्थापानाका लागि गुल्मी अस्पताल तम्घासलाई ६० लाख रुपैयाँ प्रदान गरेको छ । अक्सिजन अभावका कारण बिरामीको ज्यान जान थालेपछि अक्सिजन अभियानमा जुटेका गुल्मेली पत्रकारको पहलमा सङ्कलित रकम सोमवार गुल्मी अस्पताललाई हस्तान्तरण गरिएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुली, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, राजनीतिक दलका नेता, नागरिक समाजलगायतको उपस्थितिमा गुल्मी अस्पताल विकास समितिका अध्यक्ष गोपाल पाण्डेय र मेसु डाक्टर उत्तम पच्यालाई महासङ्घको तर्फबाट ६० ...