गुल्मी : गुल्मी अस्पतालमा अक्सिजन उत्पादन सुरु भएको छ। अक्सिजन प्लान्ट एक करोड ३१ लाख रुपैयाँ लागतमा निर्माण भएको अस्पतालका प्रमुख डा. उत्तम पाच्यले जानकारी दिए। प्लान्टबाट दैनिक ९६ सिलिण्डर अक्सिजन उत्पादन भइरहेको छ।कोभिडको संक्रमण उच्च हुँदै जाँदा अक्सिजन अभावको कारण बिरामीको मृत्यु हुन थालेपछि २०७८ बैशाख अन्तिम सातादेखि नेपाल पत्रकार महासंघ गुल्मीले ‘अक्सिजन प्लाण्ट अभियान’ सञ्चालन गरेको थियो। उक्त अभियानबाट संकलित ६० लाख रुपैयाँ महासंघले गुल्मी अस्पताललाई प्रदान गरेको थियो।