लमजुङ : ताइवानको टिजु चि फाउण्डेसनले लमजुङको विकट दुधपोखरी गाउँपालिकालाई १६ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ। कोभिड १९ संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि फाउण्डेसनले स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको हो।फाउण्डेसनले पल्स अक्सिजन ८५ थान, थर्मलगन १३ थान, डिजिटल थर्मोमिटर ७८ वटा, सर्जिकल मास्क तीन हजार ९०० थान, सय मिलिमिटरको सेनिटाइजर ९९ वटा सहयोग गरेको छ। त्यस्तै, ग्लोब्स् पाँच हजार वटा, नजल अक्सिजन ट्यु १०० वटा र १० लिटरको तीन थान अक्सिजन कन्सन्टे«टरलगायतको स