झापा : सामाजिक संस्था हेल्पिङ हेन्ड फर रिलाइफ एन्ड डेभलपमेन्ट र रोटरी क्लब अफ भद्रपुरले मेची अस्पताल भद्रपुरलाई ४६ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ।कोरोना भाइरस संक्रमित र अन्य बिरामीलाई मध्यनजर गरी सामग्री प्रदान प्रदान गरेको हो। वर्क फर नेपालको पहल र हेस्रा नेपालको सहकार्यमा हेल्पिङ हेन्डले मेची अस्पताललाई एक थान आइसियु बेड, दुई थान अक्सिजन सिलिन्डर, एक थान हाइड्रोलिक स्ट्रेचर, एक थान ल्याब युनिट वार्भर मेसिनसहित १३८ प्रकारका स्वास्थ्य सामग्री र उपकरण प्रदान गरेको हो।सोमबार