गुल्मी : गोर्खा वेलफेयर ट्रष्टले गुल्मी अस्पताललाई करिब साढे एघार लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। कोरोना माहामारीको बेला उपचारमा सहजता होस भनी स्वास्थ्य सामग्री प्रदान गरेको ट्रष्ट गुल्मीका प्रमुख गमबहादुर थापाले बताए।ट्रष्टले चार थान अक्सिजन कन्सन्ट्रेटर, ३० थान अक्सिमिटर, ३०० थान पिपिई, एक हजार थान सर्जिकल मास्क, ८० थान केएन ९५ मास्क, डिस्पोजल ग्लोब्स एक हजार थान, मेडिकल गाउन ५० थान, थर्मल गन २ थान, स्यानिटाइजर, गमबुट, सुज कभर, हेन्ड क्याप, डसबिन, सेफ्टी ज्याकेटलगायतक