मानुषी लघुवित्तको आईपीओ साउन अन्तिमदेखि

काठमाडौं। मानुषी लघुवित्त वित्तीय संस्थाले यही साउन महिनाको २७ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले तीन करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको तीन लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्ने भएको हो। जसमा सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँकी बसेको तीन लाख ६८ हजार ५९३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन भर्न पाउनेछन्।

सम्बन्धित सामग्री

मानुषी लघुवित्तको शेयर कारोबार आजबाट खुल्दै

काठमाडौं, ११ असोज । मानुषी लघुवित्त वित्तिय संस्थाको प्राथमिक शेयर आजदेखि बजारमा कारोबार खुल्ला हुने भएको छ । नेप्सेले हिजो कम्पनीको शेयर सुचिकृत गरेसँगै आईपीओ दोस्रो बजारमा कारोबार खुल्ला हुने भएको हो । आइतबार कम्पनीले १ सय दरका १० लाख ९३ हजार ७ सय ५० कित्ता शेयर सुचिकृत गराएको थियो । पहिलो कारोबारको नेप्सेले न्युनतम […]

मानुषी लघुवित्तको आईपीओ सोमवारदेखि दोस्रो बजारमा, कति पायो ओपनिङ्ग रेञ्ज ?

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर (आईपीओ) असोज ११ गते सोमबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार खुला हुने भएको छ । दोस्रो बजारमा कारोबारका लागि लघुवित्तले आइतबार कम्पनीले जारी गरेको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ सहित आइतवार कुल १० लाख ९३ हजार ७५० कित्ता शेयर सूचीकरण गरेको छ । नेप्सेले लघुवित्तको शेयर दोश्रो बजारमा कारोबारका लागि एमएलबिएस कारोबार संकेत दिएको छ । पहिलो कारोबारका लागि नेप्सेले पछिल्लो परिष्कृत वित्तीय विवरणमा कायम प्रतिशेयर नेटवर्थलाई आधार मानेर प्रतिशेयर न्युनतम १३२.६९ रुपैय...

मानुषी लघुवित्तको आईपीओ बाँडफाँड, ३ जनाले पाए ११/११ कित्ता

मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले गत साउन २७ गतेदेखि ३१ गतेसम्म सर्वसाधारणका लागि विक्री खुल्ला गरेको ३ लाख ९३ हजार ७ सय ५० कित्ता सेयर आईपीओ सोमबार बिहान बाँडफाँड गरेको हो ।गोलाप्रथाबाट गरिएको बाँडफाँटमा  कुल ३६ हजार ८ सय ५६ जनाले १०र१० कित्ताका दरले सेयर हात पारेका छन् भने  लक्की ३ जनाले ११र११ कित्ता सेयर पारेको विक्री प्रवन्धक नेपाल एसबीआई मर्चेन्टले जनाएको छ ।कम्पनीको आईपीओ लागि कुल २३ लाख ५४ हजार ७ सय ८४ जनाले २ करोड ९५ लाख ७४ हजार ७ सय ५० कित्ताका

मानुषी लघुवित्तको ३ लाख ९३ हजार कित्ता आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, ३१ साउन । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २७ गनेदेखि बिक्रि खुल्ला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासन गर्न दिएको अनुमतिसँगै संस्थाले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ आजदेखि निष्कासन गर्ने गरेको हो । शुक्रबारसम्ममा संस्थाको […]

मानुषी लघुवित्तको आईपीओ बिक्री खुला

मानुषी लघुवित्त वित्तीय संस्थाले आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो । कुल सार्वजनिक निष्कासनमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीलाई र १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित […]

मानुषी लघुवित्तको आईपीओ खुला

मानुषी लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) बुधबारदेखि बिक्री खुला भएको छ । बुधबारदेखि बिक्री खुला भएको आईपीओ यही साउन ३१ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ ।

मानुषी लघुवित्तको आईपीओ खुल्यो, कति दिने आवेदन ?

बुधबारदेखि मानुषी लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) निष्काशन भएको छ । कम्पनीले प्रति कित्ता एक सय रुपैयाँ दरको ३ करोड ९५ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्काशन गरेको हो ।कम्पनीले कुल ३ लाख ९३ हजार ७५० कित्तामध्ये ५ हजार ४६९ कित्ता संस्थाको कर्मचारीलाई र १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषलाई छुट्ट्याएर बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणका लागि निष्काशन गरेको हो । बुधबारदेखि सर्वसाधारणका लागि खुल्ला भएको आइपिओमा आवेदकहरुले छिटोमा साउन ३१

मानुषी लघुवित्तको आईपीओ बुधवारदेखि विक्रीमा

साउन २६, काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ बुधवारदेखि विक्री खुला हुने भएको छ । कम्पनीले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि,१९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ भने बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणको लागि विक्री गरिने छ ।  आवेदकले आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन बन्द मिति छिटोमा साउन ३१ गतेसम्म र सो अवधिमा विक्री नभएमा भदौ ९ गतेसम्म आवेदन दिन सकिने छ । हाल कम्पनीको चुक्तापूँजी रू. ७ करोड रहेको छ । आईपीओ निष्कासनपछि कम्पनीको पूँजी रू. १० करोड ९३ लाख ७५ हजार पुग्नेछ  ।  कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले केयर एनपी बि रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको देखाउँछ ।  आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका कार्यलयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरको सफ्टवेयरबाट पनि  आवेदन दिन सकिने छ । विक्री प्रबन्धक नेपाल एसबिई मर्चेण्ट  बैंकिङ लिमिटेड रहेको छ । कम्पनीको आव २०७६/ ७७ को बास्तविक नेटवर्थ रू. १३२ दशमलव ३७ रहेको छ । यस आधारमा कम्पनीको शेयरमूल्यले पहिलो कारोबारको लागि रू.३९८ दशमलव शून्य ७ ओपन रेञ्ज पाउने देखिन्छ ।

मानुषी लघुवित्तको आईपीओ साउन २७ गतेबाट

मानुषी लघुवित्त वित्तीय संस्थाले साउन २७ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि, १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ […]

आईपीओ निष्कासनका लागि दुई कम्पनीले बोर्डमा दिए निवेदन

पछिल्लो समय दुई कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । मानुषी लघुवित्त वित्तीय संस्था र दोर्दी खोला जलविद्युत कम्पनीले पछिल्लो समय आईपीओ निष्कासन गर्नका बोर्डमा निवेदन दिएका हुन् ।  लघुवित्तले बैशाख १३ गते र दार्दी खोला जलविद्युत कम्पनीले बैशाख २१ गते आईपीओ निष्कासनको निवेदन दर्ता गराएको हो । लघुवित्तले ३ लाख ९३ हजार ७५० कित्ता र दोर्दी खोला जलविद्युत कम्पनीले २९ लाख ५१ हजार ९२९ कित्ता आईपीओ निष्कासनको तयारी गरेका हुन ।  लघुवित्तको आईपीओ विक्री प्रबन्धकमा नेपाल ए...