मानुषीको सेयर नेप्सेमा सूचीकृत, कतिमा होला सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको छ । कम्पनीको १० लाख ९३ हजार ७५० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।सर्वसाधारणका लागि बिक्री खुलाएको ३ लाख ९५ हजार ७५० कित्ता र ७ लाख संस्थापक सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । आज सूचीकृत भएको कम्पनीको सेयर भोली सोमबारदेखि कारोबारमा आउनेछ ।कम्पनीको आईपीओको सुरुवाती कारोबार १३२.६९ रुपैयाँदेखि ३९८.०७ रुपैयाँमा हुने छ । 

सम्बन्धित सामग्री

घोराही सिमेन्टसहित ३ वटा कम्पनीको सेयर नेप्सेमा सूचीकृत

२५ साउन, काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीसहित तीन वटा कम्पनीका सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । बिहीबार घोराही सिमेन्टसहित थ्री स्टार हाइड्रोपावर र अपर स्याङ्‍गे हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत भएको छ । घोराही सिमेन्टको ३ करोड ९७ लाख १९ हजार ६ कित्ता सेयर नेप्सेमा सूचीकरण भएको छ । कम्पनीले सार्वजनिक निष्कासन गरेको ७९ […]

लुम्बिनी जनरल इन्स्योरेन्सको ११ लाख बढी कित्ता सेयर नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । सोमबार कम्पनीको ११ लाख ३८ हजार ९४५.५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ९.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । उक्त बोनस सेयर, नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत बोनस सेयर, सेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

जीवन विकास लुघवित्तको ७० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत

१७ असार, काठमाडौं । जीवन विकास लघुवित्तले लगानीकर्तालाई दिएको ७० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । अब आफ्नो खातामा आएपछि सेयर लगानीकर्ताले बिक्री गर्न सक्ने छन् । कम्पनीको ४२ लाख ५८ हजार ८०० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको वार्षिक साधारणसभाबाट स्वीकृत भएसँगै बोनस सेयर सूचीकृत भएको हो ।

इमर्जिङ नेपालको सेयर नेप्सेमा सूचीकृत, कतिमा होला पहिलो कारोबार ?

इमर्जिङ नेपालको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सुचीकृत भएको छ । कम्पनीले सर्वसाधारणलाई बिक्री गरेको ५५ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।नेप्सेले कम्पनीको आईपीओको सुरूवाती कारोबार मूल्य प्रतिकित्ता न्यूनतम १०५.११ रुपैयाँ र अधिकतम मूल्य प्रतिकित्ता ३१५.३३ रुपैयाँ तोकेको छ । नेप्सेमा सूचीकृत कम्पनीको पहिलो सेयर कारोबार यही न्यूनतम र अधिकतम मूल्यबीचबाट हुने छ ।इमर्जिङ नेपालले माघ २६ गतेदेखि फागुन १ गतेसम्म आईपीओ बिक्री खुलाएको थियो । यस्तै, कम्पनीको आईपीओ बिक्री

इमर्जिङ्ग नेपाल लिमिटेडको साधारण शेयर नेप्सेमा सूचीकृत

काठमाडौँ– इमर्जिङ्ग नेपाल लिमिटेडको साधारण शेयर नेप्सेमा आज सूचीकृत भएको छ । कम्पनीको साधारण शेयर ५५ लाख ५६ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको कम्पनीले जनाएको हो । सर्वसाधारणलाई बिक्री गरेको ५ लाख ५५ हजार ६०० कित्ता शेयर तथा कम्पनीका संस्थापकहरूको ५० लाख ४०० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । यो कम्पनीको शेयरको ओपनिङ […]

मैलुङ खोला आईपीओ नेप्सेमा सूचीकृत

काठमाडौँ– मैलुङ खोला जलविद्युत् कम्पनीको आईपीओ मंगलबारदेखि नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ३६ लाख ८१ हजार चार सय ३० कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो । सूचीकृत शेयर बुधवारदेखि कारोबारमा आउनेछ । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको नेटवर्थ तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने भएकाले मैलुङको पहिलो कारोबारको लागि ९५ रुपैयाँ ७५ […]

सानिमा लाइफको सेयर नेप्सेमा सूचीकृत

सानिमा लाइफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । प्रतिकित्ता एक सय रुपैयाँ अंकित २ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।कम्पनीले सर्वसाधारणका लागि ६० लाख कित्ता सेयर जारी गरेको थियो । जसमा संस्थापक १ करोड ४० लाख कित्ता जोडेर २ करोड कित्ता सेयर सूचीकृत भएको नेप्सेले आफ्नो वेबसाइटमार्फत जानकारी दिएको छ ।कम्पनीको सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम आज सूचीकृत भएको हो । यो सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट अर्थात भोलि १६ गतेबाट का

प्रभु इन्स्योरेन्सको १० प्रतिशत बोनस नेप्सेमा सूचीकृत

३१ असार, काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस नेप्सेमा सूचीकृत भएको छ । चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १० लाख ५६ हजार २७४ दशमलव ८४४ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीको २५ औं वाषिर्क साधारण सभाले उक्त बोनस पारित गरेको थियो । इन्स्योरेन्सले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि […]