काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ४४ लाख ६६ हजार नोक्सानीमा छ ।
गत आवको दोस्रो त्रैमाससम्ममा भने कम्पनीले रू. १ करोड ५१ लख नाफा कमाएको थियो । चालू आवमा कम्पनीको निष्क्रिय कर्जा बढेकाले कम्पनी नोक्सानीमा गएको हो । गत आवमा कम्पनीको निष्क्रिय कर्जा ३ दशमलव ६९ प्रतिशत रहेकोमा चालू आवमा बढेर ६ दशमलव ५७ प्रतिशत वृद्धि भएको छ ।
त्यस्तै कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा धेरै रकम छुट्याएकाले नाफा प्रभावित भएको हो । कम्पनीले गत आवमा सम्भावित जोखिम बापतको व्यवस्थामा रू. ८ लाख ९६ हजार छुट्याएकोमा चालू आवमा बढाएर रू. ७ करोड २४ लाख छुट्याएको छ ।
सोही कारण कम्पनीको सञ्चालन नाफा रू. ५ करोड ३० लाख ऋणात्मक रहेको हो । कम्पनीको चुक्तापूँजी रू. १० करोड ९३ लाख छ भने चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ७ करोड १५ लाख सञ्चित गरेको छ ।
त्यस्तै कम्पनीले रू. ५४ करोड ४७ लाख सापटी लिई रू. ८४ करोड ५८ लाख निक्षेप संकलन गरेर रू. १ अर्ब ५६ करोडभन्दा बढी कर्जा लगानी गरेको हो । कम्पनी नोक्सानीमा भएसँगै प्रतिशेयर आम्दानी रू. ४ दशमलव ०८ ऋणात्मक छ । त्यसैगरी कम्पनीको तरलता अनुपात ४ दशमलव ६८ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १६५ दशमलव ४६ छ ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्