माघ ६, काठमाडौ। मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड तथा यूनाईटेड इन्सुरेन्सले विभिन्न पदमा कर्मचारि माग गरेका छन्।
लघुवित्त कम्पनीले कनिष्ठ अधिकृत (शाखा प्रमुख) २, बरिष्ठ सायक (शाखा प्रमुख) ६ जना र कनिष्ट सहायकमा ५ जना गरि जम्मा १३ जना कर्मचारी माग गरेको छ।
ईच्छुक उमेद्वारले १५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालयवा कम्पनीको ठेगानामा आवेदन दिन सकिने कम्पनीले बताएको छ।
त्यस्तै यूनाईटेड इन्सुरेन्स कम्पनीले पनि सिनियर अफिसर (डिपार्टमेन्टल हेड) १ जना र केहि सिनियर अफिसर्सको माग गरेको छ । ईच्छुक उमेद्वारले ७ दिन भित्र कम्पनीको ठेगानमा आवेदन दिन सक्नेछन्।