बाराको कलैयामा एक प्रेमीले प्रेमिकाका दुईजना नाबालक सन्तानको हत्या गरेका छन् । विवाहेत्तर सम्बन्धका कारण सो हत्याकाण्ड भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।नाबालक हत्या गरेको आरोपमा कलैया उपमहानगरपालिका–७ घर भएका २५ वर्षीय फरमुलाह अन्सारीलाई जिल्ला प्रहरी कार्यालय बाराले पक्रेर आइतबार सार्वजनिक गरेको छ । जेठ ४ मा कलैया–७ स्थित रंगपुरमा रहेको निर्माणाधिन मदरसामा गफार मियाँका छोराहरु ९ वर्षीय उसमान अन्सारी र ७ वर्षका अमिन अन्सारीको शव फेला परेको थियो ।वैशाख ३ गते फर