छोरी पूजा भट्टसँग विवाह गर्ने इच्छा व्यक्त गर्नुदेखि परबीन बाबीसँग विवाहेत्तर सम्बन्ध राख्नुसम्म : विवादले घेरिएको महेश भट्टको जीवन

 बलिउडका चर्चित निर्देशक, निर्माता तथा लेखक महेश भट्ट आज ७३ वर्ष पूरा भइसकेका छन् । महेशले आशिकी, दिल है कि मानता नहीँ, सडक, डुप्लीकेट, जख्म, संघर्ष, राज, कलयुग, ग्याङ्गस्टर, जहर, हमारी अधुरी कहानीजस्ता उत्कृष्ट फिल्म निर्देशन गरेका छन् । थुप्रै हिट फिल्म दिने महेश आफ्ना फिल्मभन्दा बढी आफ्नो विवादास्पद जीवनका कारण सधैं चर्चामा छाए । आज उनको जन्मदिनको मौकामा उनको जीवनसँग जोडिएका केही विवादबारे जानकारी लिऔं ।२० वर्षमा अनाथ लोरिएनसँग प्रेममा परेःकलेजका दिनमा महेश भट्ट अनाथालयमा बस्ने लोरिएनको