कोभिड–१९ महामारीको सङ्क्रमण घटाउन काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले अनुगमन कार्यलाई तीव्रता दिने भएका छन् ।
गत वैशाख १५ बाट उपत्यकामा जारी परिमार्जित निषेधाज्ञा भदौ १६ सम्म लम्बिएसँगै अनुगमनमा तीव्रता दिइएको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बजार व्यवसाय तथा सार्वजनिक सेवाको अनुगमनलाई नियमित र तीव्र पारिने बताउनुभयो ।