निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता २०७९ र पत्रकार आचारसंहिता २०७३ अनुरुप भए/नभएको बारे नियमित अनुगमन गर्न प्रेस काउन्सिल नेपाललाई लेखी पठाउने निर्णय गरेको छ । आयोगको आजको बैठकले सञ्चारमाध्यमको अनुगमनको क्षेत्राधिकार काउन्सिलभित्र पर्ने विषय भएकाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ लाई लक्षित गरी नेपालको संविधानको प्रस्तावनामा उल्लेख भएको पूर्ण प्रेस …