काठमाण्डाै – पालिकामा सञ्चालन भइरहेका कोभिड अस्थायी अस्पताल तत्कालै बन्द नगर्न मन्त्रालयले निर्देशन दिएको छ । काेराेना सङ्क्रमणकाे सम्भावित तेस्राे लहर आउन सक्ने भन्दै ६ सय ४९ वटा पालिकामा सञ्चालित कोभिड अस्थायी अस्पताललाई साउनदेखि कम्तिमा ६ महिनासम्म निरन्तरता दिन मन्त्रालयले निर्देशन दिएको हो ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज बिहीवार विज्ञप्ति निकालेर निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण दर बढ्दो देखिएकाले तेस्रो लहर आउन सक्ने बताउनुभएको हो ।
सबै अस्पताललाई अक्सिजन भर्न र शय्या तयारी अवस्थामा राख्न न...