विरगञ्ज महानगरपालिकाले सञ्चालनमा ल्यायो सय बेड क्षमताको कोभिड अस्थायी अस्पताल

विरगञ्ज महानगरपालिकाले कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ ।  गोपालमण्डली धर्मशालामा आजदेखि सञ्चालनमा आएको अस्पतालमा महानगरपालिका प्रमुख विजय कुमार सरावगीले उद्घाटन गरेका हुन् ।  अक्सिजनसहित १ सय बेड क्षमताको सो अस्पतालमा आज महानगरका उपप्रमुख शान्ति कार्की भर्ना भएकी छन् ।  उनमा तीन दिन अघि कोरोना संक्रमण भएको थियो ।  महानगरपालिकाले एक सय वेड क्षमताको आइसोलेशन सेन्टर पनि सञ्चालन गरेको छ ।