पदयात्राबाटै कुण्ड र हिमाल

दसैंतिहार जस्ता ठूला चाडपर्वमा बिदा उपयोग गर्दै स्वदेशभित्रै घुम्नेहरू बढिरहेका छन् । संघीय राजधानी काठमाडौंबाट नजिकैको पर्यटकीय क्षेत्र रसुवाको लामटाङ र गोसाइँकुण्ड पनि धेरैको रोजाइमा पर्न थालेको छ । काठमाडौंबाट छोटो र सजिलो पदमार्ग भएकाले लामटाङमा पर्यटकको घुइँचो लाग्छ । लामटाङ पदमार्गमा जाने पर्यटकले थोरै दिनमा एकैपटक धेरै कुरा हेर्न र घुम्न सक्ने पर्यटन व्यवसायी तेम्बा लामा बताउँछन् ।

सम्बन्धित सामग्री

तातोपानी कुण्ड व्यवस्थापन समितिमा नयाँ नेतृत्व चयन

म्याग्दी । तातोपानी कुण्ड व्यवस्थापन समितिको शनिवार सम्पन्न आठौँ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले कृष्णबहादुर खड्काको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले कुण्ड व्यवस्थापन समितिको उपाध्यक्षमा उजेली श्रीष, सचिवमा कुमार केसी, कोषाध्यक्षमा प्रेम श्रीष र सहसचिवमा गणेशबहादुर बानियाँ चयन हुनुभएको हो । यसैगरी कुण्ड व्यवस्थापनको कार्यसमिति सदस्यहरुमा हिमाल बानियाँ, आकाश […]

महत्त्वाकांक्षी ग्रेट हिमालय ट्रेल विस्तार सुस्त

काठमाडौं । विश्वकै लामो ट्रेलका रूपमा पहिचान गरिएको ‘ग्रेट हिमालय ट्रेल’को विकास तथा विस्तार सुस्त देखिएको छ । सरकारले २०११ मा घोषणा गरेको नेपाल भ्रमण वर्षको औपचारिक कार्यक्रमबाट ग्रेट हिमालय ट्रेलको विकास गर्ने बताएको थियो । घोषणाको १ दशकभन्दा बढी भइसक्दा समेत यो परियोजनामा सरकारले पर्याप्त बजेट दिन र योजना बनाउन सकेको छैन । यसका लागि बजेट विनियोजन थालेको २ वर्ष मात्रै भएको छ । यूकेएडको संस्था एसएनभी नेपालले ग्रेट हिमालय ट्रेलको विषयमा अध्ययन गरेर सरकारलाई सन् २०१४ मा प्रतिवेदन बुझाएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘ट्रेल बजार प्लान २०११–२०१६’ सार्वजनिक गरेर पदयात्रा शुल्कसमेत तोके पनि ट्रेल विस्तारमा भने चासो दिएन ।   चालू आर्थिक वर्ष (आव) २०७९/८० मा भने यो ट्रेलका लागि बजेट बढाइएको छ । पर्यटन विभागका अनुसार यो परियोजनाका लागि आव २०७७/७८ देखि मात्रै बजेट विनियोजन भएको छ । पूर्वको कञ्चजंघादेखि सुदूरपश्चिमको अपी हिमालसम्मको १ हजार ७०० किलोमीटर लामो पदमार्ग विस्तारका लागि शुरू वर्षमा विभागले ५ करोड रुपैयाँ विनियोजन गरेको थियो । ग्रेट हिमालय ट्रेललाई माथिल्लो र तल्लो गरेर २ खण्डमा विभाजन गरी काम भइरहेको छ । विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले विविध कारणले यो परियोजनाको काममा ढिलाइ देखिएको बताए । ‘माथिल्लो ट्रेलमा काम गर्न जटिलता देखिन्छ । चार हजार मीटरभन्दा माथिको उचाइमा काम गर्नुपर्ने भएकाले सोही किसिमको दक्ष जनशक्ति, सामान लैजान र ढुवानी महँगो हुन्छ,’ उनले भने, ‘राष्ट्रिय वन, निकुञ्ज तथा आरक्षजस्ता संवेदनशील क्षेत्र भएकाले काममा ढिलाइ देखिएको हो । काम नभएको भने होइन ।’ ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष नीलहरि बाँस्तोलाले राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा यो ट्रेलको बजारीकरण भइरहेको बताए । ‘यो ट्रेल एकैपटकमा यात्रा गर्नुपर्छ भन्ने छैन,’ बाँस्तोलाले भने, ‘यसलाई ४/५ पटकको प्याकेजमा पूरा गर्न सकिन्छ ।’ अहिले ग्रेट हिमालय ट्रेलको यात्रा गर्ने ‘ट्रेन्ड’ नै शुरू भइसकेको भन्दै उनले पटक–पटक गरेर यो ट्रेल पूरा गर्ने पर्यटक बढेको बताए । ट्राभल कम्पनीहरूबाट ट्रेलका विभिन्न खण्ड विक्री भइरहेको भन्दै उनले थपे, ‘अहिले स्थानीय सरकारबाट ट्रेकिङ ट्रेलको संरक्षणभन्दा पनि मास्ने क्रम बढेको छ ।’ स्थानीय सरकारले यस्ता ट्रेल जोगाएर काम गर्नुपर्ने उनको धारणा छ । वर्षौं लगाएर बजारीकरण गरेका ट्रेलहरूमा करोडौं रुपैयाँ खर्च गरिएको भन्दै उनले स्थानीय सरकारले बाटो नै मासिदिएपछि समस्या हुने बताए । रुबी भ्याली, मनासलु, पश्चिमको सिमकोटतर्फ ट्रेकिङ रूट मासिएको उदाहरण दिँदै उनले भने, ‘गाडीको बाटो हिँड्न विदेशी पर्यटक आउने कुरा भएन । केन्द्रीयस्तरबाटै सरकारले गोरेटो बाटोहरूका साथै पदमार्ग जोगाउने नीति लिनुपर्छ ।’ आफ्नै ट्रेकिङ कम्पनी एशिएन ट्रेकिङ क्लाइम्ब एक्स्पिडिशनबाट यो ट्रेलको पदयात्रा गराएका कम्पनीका अध्यक्ष आङछिरिङ शेर्पाले यो अवधिमा ट्रेलको प्रवर्द्धन हुनुपर्ने तर सरकारको त्यत्ति चासो नदेखिएको बताए । नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्षसमेत रहेका शेर्पाका अनुसार २० जनाको समूहले ९९ दिन लगाएर यो ट्रेलको यात्रा गरेको थियो । सरकारले ट्रेल विस्तार तथा पूर्वाधार विकासमा चासो दिनुपर्नेमा उनले जोड दिए । ‘बाटोघाटो व्यवसायीले बनाउने होइन,’ उनले भने, ‘तल्लो ट्रेलमा अस्पताल, सञ्चारको सुविधा छ भने छिट्टै उद्धार गर्न पनि सकिन्छ, तर माथिल्लोमा यस्ता सुविधा छैनन् ।’ प्रचारप्रसार र प्रवर्द्धनमा नेपाल पर्यटन बोर्डले समेत चासो नदिएको उनले बताए । ब्रान्ड बनिसकेको यो ट्रेलमा पदयात्राका लागि चासो आउने गरेको उनको भनाइ छ । ठूलो सम्भावना बोकेको परियोजना भए पनि कतिपय ट्रेकिङ कम्पनीलाई यसका विषयमा जानकारी नै नभएको शेर्पाले बताए । विभागका सिनियर डिभिजनल इन्जिनीयर सचिन्द्रकुमार यादवले आरोहणका लागि खुला गरिएका हिमालको बेस क्याम्पसम्म पुग्ने पदमार्ग बनाउने काम भइरहेको बताए । एसएनभी संस्थाले दिएको प्रतिवेदनअनुसार काम भइरहेको तर सरकारले यस विषयमा विस्तृत अध्ययन नगरेको उनको भनाइ छ । ‘परियोजनाका लागि डेडिकेटेड बजेट,’ छैन, ‘यादवले भने, ‘विभागलाई आएको बजेटबाट छुट्ट्याइने गरेको छ । चालू आवमा भने यो परियोजनाका लागि ३० करोड रुपैयाँ बजेट छ ।’ यो ट्रेलमा सुरक्षित र भरपर्दो यात्राका लागि पदमार्गबाहेकका अन्य महत्त्वपूर्ण संरचना पनि बन्नुपर्छ । खोंचहरूमा झोलुंगे पुल, उद्धार केन्द्र, हेलिप्याड, पोर्टर सेन्टर, सूचना पाटी, सञ्चारको पहुँचजस्ता संरचना बनाउनुपर्छ । यो परियोजना बुझ्नै केही वर्ष लागेको विभागका अधिकारी बताउँछन् । ‘काममा ढिलाइ भएको होइन, सरकारले प्राथमिकतामा ल्याउन समय लाग्यो,’ इन्जिनीयर यादवले भने, ‘अहिलेको स्थितिमा तल्लो ट्रेलमा प्रतिकिलोमीटर २० देखि ३० लाख रुपैयाँ लगानी र माथिल्लोमा झोलुंगे पुल बनाउन, सामना ढुवानीलगायतमा बढी खर्चिलो हुने भएकाले यसको दोब्बर लगानी हुने अनुमान छ । विभागका अनुसार यो ट्रेलको १ हजार ७०० किलोमीटरमध्ये हालसम्म ४१७ किलोमीटर पदमार्ग बनेको छ । कञ्चनजंघा खण्डमा ४० र मकालु–बरुण खण्डमा ४८ किलोमीटर ट्रेल बनिसकेको छ । विभागले यही परियोजनाअन्तर्गत हिमालको बेस क्याम्पसम्म पदमार्ग बनाउने योजना अघि बढाएअनुसार विभिन्न खण्डमा काम भइरहेको यादवले बताए । च्छोरोल्पा–गणेश हिमाल, धवलागिरि, दामोदर कुण्ड, जुगल हिमाल, ठाडेपाटी–गोसाइँकुण्ड, मनासलुको रुबीनाला पास, सामागाउँ पास, बडीमालिका, जिरी सगरमाथा खण्ड, अपी हिमाल, डोल्पा खण्ड र रारा–सिंजा खण्डमा गरी त्यति किलोमीटर पदमार्ग बनेको विभागले जानकारी दिएको छ । हेलम्बु–लाङटाङ खण्डमा पनि ३० किलोमीटर पदमार्ग तयार भएको छ । नेपालमा पर्यटकको बसाइ अवधि र खर्च बढाउन यो ट्रेलले सघाउ पुर्‍याउने व्यवसायी बताउँछन् । तर, यसको प्रचारप्रसार र पूर्वाधार निर्माणमा सरकारले उच्च प्राथमिकतामा दिनुपर्ने उनीहरूको सुझाव छ । नेपाल पर्यटन बोर्डले पर्यटकको खर्च १०० डलर पुगेको अनुमान गरे पनि सन् २०२१ मा एक पर्यटकले १ दिनमा ४८ डलर खर्च गरेको देखिन्छ । पर्यटकको बसाइ अवधि सन् २०२१ मा १५ दशमलव ५ दिन छ ।

‘क्याम्प ट्रेल’ पदमार्ग पहिचान

‘क्याम्प ट्रेल’ गर्ने पर्यटकलाई लक्षित गरेर नयाँ पदमार्ग पहिचान गरिएको छ । गणेश कुण्ड र गणेश हिमालसम्मको नयाँ पर्यटन पदमार्गको नक्सा सार्वजनिक गरिएको हो । ‘गणेश हिमाल हिचम्पा ट्रेकिङ ट्रेल’ को २०७४ मा प्राविधिक सहितको टोलीले स्थलगत अध्ययन गरेको थियो ।

धार्चेमा पर्यटनको सम्भावना

गण्डकी प्रदेशअन्तर्गत गोरखा जिल्लाको उत्तरपूर्व भागमा अवस्थित यो गाउँपालिका सदरमुकाम गोरखाबाट करीब ७२ किमी उत्तर पश्चिममा पर्छ । पूर्वतर्फ धादिङ जिल्ला र चीनको स्वशासित क्षेत्रसँग जोडिएको यो गाउँपालिका दक्षिणतर्फ आरूघाट गाउँपालिका र धादिङ जिल्ला, उत्तरमा चुमनुम्ब्री गाउँपालिका र पश्चिममा वारपाक सुलिकोट गाउँपालिकासँग सिमाना जोडिएको छ । यो गाउँपालिका राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजना तथा मनास्लु हिमाल र गणेश हिमाल आरोहण पदमार्गको प्रवेशद्वारको रूपमा रहेको छ । साविकका केरौजा, उहिया, लाप्राक, गुम्दा, काशीगाउँ र लापु गरी ६ ओटा गाविस मिलाएर सातओटा वडामा विभाजित यो गाउँपालिका ६५२ वर्ग किलो मीटर क्षेत्रफलमा फैलिएको छ । यस गाउँपालिको केन्द्र वडा नम्बर ५ माछिखोलामा रहेको छ । समुद्री सतहबाट ३४५० मीटर उचाइमा रहेको रुवीनाला ग्लेसियर, धार्चे गाउँपालिका, वारपाक सुलिकोट, गाउँपालिका र चुमनुम्ब्री गाउँपालिकाहरूको मात्र होइन, समग्र नेपालकै पर्यटकीय स्थल हो । कम उचाइमा रहेको यो ग्लेसियर विश्वमै जैविक विविधताको दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ । स्थानीय माछाखोला बजारसँगै बूढीगण्डकीको वारिपारि तथा माछाखोला बजारबाट २ घण्टाको दूरीमा रहेको तातोपानी कुण्ड धार्मिक र सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण रहँदै आएको छ । प्राकृतिक र जैविक विविधताको केन्द्र धार्चेडाँडामा ३०० भन्दा बढी प्रजातिका चराचुरुङ्गीहरू पाइन्छन् । समथल पाटन र हरियाली जंगलहरू रहेको धार्चेडाँडा गुफाको दृष्टिले समेत महत्त्वपूर्ण छ । मनास्लु ट्रेकिङ, रुवीनाला ट्रेकिङ र गणेशमान ट्रेकिङको प्रवेशमार्ग रहेको धार्चेमा गाउँपालिकाले ट्रेकिङ रूटहरूको समेत विस्तार गर्न आवश्यक छ । प्राकृतिक सौन्दर्य र विविधतासँगै परम्परागत संस्कृति पुरातात्त्विक सम्पदा विभिन्न संरचनाले पनि धार्चे गाउँपालिकालाई पर्यटकिय गन्तव्य बनाउनुपर्छ । बाइसे चौबीसे राजाको पालामा राजकाज सञ्चालन हुने हालको धार्चे गाउँपालिका स्थित गुम्दा र लापुको सिमानामा रहेको भीरकोट, ४०० वर्ष अगाडि मगर राजाहरूको दरबार रहेको काम्लाकोट, घले राजाहरूले राज्य गरेको भनिएको कुम्पाकोट तथा आधुनिक नेपालका एकीकरणकर्ता पृथ्वीनारायण शाहको एकीकरणभन्दा अगाडिसम्म छुट्टै राज्यका रूपमा रहेको खोर्लाकोटजस्ता पुरातात्त्विक तथा ऐतिहासिक सम्पदाहरूले समेत धार्चे गाउँपालिका सम्पन्न छ । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको लाप्राक गाउँको पुनर्निर्माणअन्तर्गत प्रवासी नेपालीहरूको संगठन एनआरएनले निर्माण गरेको नमूना गाउँ, दोस्रो विश्वयुद्धमा बेलायती सेनाको रूपमा युद्ध गर्दा वीरगति प्राप्त गरेका थमन गुरुङको सम्झानामा स्थापना गरिएको भीसी हिल पार्क, पश्चिमाञ्जलको पहिलो सगरमाथा आरोही इमान गुरुङको सम्झनामा निर्माण गरिएको इमान गुरुङ स्मृति पार्क, केरौंजाको यारु बगरको पहरामा पेजकिलाको साहाराले झुन्डिरहेको क्यान्टिलिवर पुल, खोर्लाबेंशीको पहरोमा खोपिएको बुद्धको मूर्तिलगायत मानवनिर्मित सम्पदाहरूले पनि धार्चेको पृथकता र मौलिकतालाई प्रतिबिम्बित गरिरहेको छ । सांस्कृतिक रूपमा पनि धार्चे गाउँपालिका महत्वपूर्ण छ । यहाँ मनाइने मकै विवाहले विश्वकै नवीन मौलिक संस्कृति सँगसँगै कृषिकर्मप्रति श्रद्धा र सम्मानलाई पनि अभिव्यक्त गर्छ । मकै रोप्ने समय माघ र फागुन महीनामा मनाइने मकै विवाहमा मकैको बीउ रोप्नुअघि धर्तीपूजालगायत अन्य पूजाआजा र सांस्कृतिक कर्म गर्ने गरिन्छ । नेपाली समाजमा परिचित रामजानकी विवाहको जस्तो स्वरूप र प्रक्रिया देख्न पाइने मकै विवाहको आफ्नै मौलिक र धार्मिक मान्यता रहेको छ । चण्डीपूर्णिमा, दशैं, तिहार, माघेसंक्रान्ति, ल्होसारलगायत चाडपर्व प्रमुख रूपमा मनाइने यहाँका समुदायहरूमा मारूनीलगायत नाच पनि प्रचलित छन् । यहाँ कुट्की, चिराइतो, जटामसी, सुतुवा, निर्मसी, पदमचाल, वनलसुन, यार्सा गुम्वा, पाँचऔंले, शिलाजितजस्ता जडीबुटी पाइन्छ । धार्चे गाउँपालिका प्रकृति र संस्कृतिको सुन्दर संगमस्थल हो । प्रकृति र संस्कृतिको यो सामथ्र्यलाई स्थापित गर्न प्रकृति र संस्कृतिको खुला संग्रहालय धार्चे भन्ने पर्यटन ब्रान्ड नै तय गरिएको पाइन्छ । यस क्षेत्रको विकासका लागि एकीकृत पर्यटकीय व्यवस्थापन योजनाको अभावले गर्दा पालिकामा हाल यत्रतत्र अवस्थामा छरिएर रहेका सम्भावित पर्यटकीय आकर्षणहरूको महत्त्वलाई पहिचान गर्न, त्यस्ता आकर्षण स्थलहरूलाई पर्यटन सम्पदाका रूपमा विकास गर्न र पर्यटनसम्बन्धी सेवासुविधालाई पनि प्रभावकारी बनाउन सकिएको स्थिति पाइँदैन । यस क्षेत्रका पर्यटकीय सम्भावना बोकेका अधिकांश स्थल गाउँपालिकाका विभिन्न क्षेत्रमा छरिएर रहेका छन् र यहाँ पर्याप्त र राम्रो पर्यटकीय सेवासुविधा दिइने अवस्था अझै कमी छ । कमजोर व्यवस्थापन, अपर्याप्त र खण्डित अवस्थाबाट ग्रस्त रहेको छ । यसबाट यहाँका बासिन्दाले खास रूपमा फाइदा लिन सकेको स्थिति छैन । त्यसैले, धार्चे गाउँपालिका क्षेत्रका लागि पर्यटकीय सम्भाव्यता अध्ययन गरी व्यवस्थित योजना तर्जुमा गर्नुपर्ने आवश्यकता महसूस गरिएको छ । अतः पर्यटन विकास, पर्यटन सम्पदा तथा पर्यटन सेवासुविधालाई प्याकेजिङ गरी विकास गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ । यस क्षेत्रको समग्र आम्दानीमा पर्यटन व्यवसायलाई पनि एक दिगो स्रोत सृजना गर्न र अन्तर गाउँपालिका क्षेत्रको विकासमा सन्तुलन कायम गर्नमा समेत पर्यटन एउटा महत्त्वपूर्ण माध्यम हुनसक्छ । धार्चे गाउँपालिकामा रहेका होटेल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजीक्षेत्रको समेत संलग्नतामा आआफ्ना तवरका कार्यक्रम एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न आवश्यक देखिन्छ । पालिकाले स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक महत्त्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला, मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षणसम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आएको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि बढ्नु आवश्यक देखिन्छ । डा. अधिकारी गुणस्तर जीवन विषयमा विद्यावारिधि हुन् ।

२५ करोडको लगानीमा धौलागिरी क्षेत्रकै ठूलो होटल निर्माण

मंसिर २३, म्याग्दी । म्याग्दीको पर्यटकीय स्थल भूरुङ तातोपानीमा रू. २५ करोडको लगानीमा धौलागिरी क्षेत्रकै सबैभन्दा ठूलो होटल निर्माण भएको छ । म्याग्दीको सदरमुकाम बेनीमा व्यवसाय गर्दै आएका राजु हमालले रू. २५ करोड लगानीमा ५७ कोठा क्षमताको ‘होटल नेचुरल स्प्रिङ प्रालि’ निर्माण गरेका हुन् । अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी राउण्ड अन्नपूर्णको आकर्षक पर्यटकीय गन्तव्य स्थल हो ।  यहाँ आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी रोयल, डिलक्स र साधारण गरी तीन स्तरका सुविधा सहितको कोठाहरुको व्यवस्था रहेको हमालले बताए । उनका अनुसार अहिले होटलको ६५ प्रतिशत निर्माण कार्य सकिएको छ । करीब ८ रोपनी क्षेत्रफलमा ६ तलाको भवन निर्माण भइरहेको छ । होटल आगामी भदौदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याउने तयारी गरिएको उनको भनाइ छ । होटलमा पार्किङ र लिफ्ट सुविधासँगै १५० जना क्षमताको सेमिनार हल, मसाज, क्याफे र लोकलमार्ट समेत सञ्चालनमा आउनेछन् । होटल सञ्चालनमा आएसँगै पहिलो चरणमा ४० जनाले नियमित रोजगार पाउने सञ्चालक हमालले जानकारी दिए । रू. २२ करोड लागत अनुमान गरिएको भएपनि कोरोना महामारीको कारण सामानमा भएको अभाव, निर्माण कार्यमा भएको प्रभाब र सामान ढुवानीमा भएको असुविधाले लागत बढ्ने भएको हमालले बताए । ‘क्षमताको हिसाबले धौलागिरि क्षेत्रकै ठूलो हुन्छ, सुविधामा समेत स्टार होटलका सुविधा उपलब्ध गराउँछौँ, सुविधायुक्त होटललले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत सघाउने अपेक्षा गरेको छु’ उनले भने । पोखरादेखि कुस्मा, बेनी हुँदै हिमाल पारिको जिल्ला मुस्ताङ जाने एकमात्रै सडक बेनी–जोमसोम–कोरला सडकमा पर्ने भएकाले होटल सञ्चालनमा आउन कसे यस सडकखण्ड हुँदै आवत जावत गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरुको बसाई लम्बाउन टेवा पुर्‍याउने अपेक्षा गरिएको स्थानीय पर्यटन व्यावसायी समेत रहेका अन्नपूर्ण गाउँपालिकाका कार्यपालिका सदस्य आत्मा तुलाचनले बताए ।  ‘यहाँको प्राकृतिक तातोपानीको कुण्ड पर्यटकहरुको रोजाईमा पर्ने गरेको छ, तर सिजनमा अहिले सञ्चालनमा रहेका होटलहरुले पर्यटकको चाप धान्न सक्ने अवस्था छैन्, त्यसैले ठूलो क्षमतामा सञ्चालनमा ल्याउन लागिएको यस होटलले पर्यटकहरुको बसाई व्यवस्थापन र भ्रमण अवधि बढाउन सहयोग पुग्ने देखिन्छ’ तुलाचनले भने । तातोपानीमा अहिले ठूला ७ र साना १५ होटलमा ४०० जनासम्म पर्यटकहरु बस्न सक्ने क्षमताका होटलहरु छन् । अन्नपूर्ण राउण्ड पदमार्ग र मुस्ताङ जाने एक मात्रै बेनी–जोमसोम सडकखण्डले समेटिएको ठाउँ भएकाले तातोपानीमा सञ्चालनमा आउन लागेको यस होटलले पर्यटकहरुलाई आरामदायी बसोबासको प्रवन्ध मिलाउन र पर्यटन प्रवर्द्धनमा सघाउने स्थानीयबासीको भनाइ छ ।

यी हुन् दशैँ बिदामा घुम्न उपर्युक्त रामेछापका गन्तव्य

दशैँको अवसरमा घुम्न जानेका लागि रामेछाप उत्कृष्ठ गन्तव्य हो । रामेछापको उत्तर पूर्वी भू–भाग र उच्च पर्वतीय क्षेत्र घुमफिरका अति उत्तम गन्तव्य हुन् । जिल्ला सदरमुकाम मन्थलीबाट छुटेपछि हरेक घुम्ती तथा मोडहरु आन्तरिक घुमघामका लागि योग्य क्षेत्र मानिन्छन् ।रामेछापबासीका लागि मात्रै नभई, तराईका जिल्लाबाट समेत पर्वतीय पर्यटनको अनुभवका लागि रामेछाप नजिकको गन्तव्य हो । उच्च पहाडी भू–भाग, सुन्दर प्रकृति, प्रकृतिका काखमा रहेका धार्मिक तीर्थ स्थल, कुण्ड तथा पोखरीहरु घुमघामका उत्कृष्ठ स्थलहरु हुन् ।सैलुङसैलुङ रामेछाप र दोलखाको सिमानामा अवस्थित छ । यो नेपालको पूर्वतिरको पहाडी भू–भाग हो । सैलुङको अर्थ सय लुङ ९लुङ भनेको पहाडका टाकुरा० हो । सैलुङमा समुद्री सतहदेखी ३ हजार १ सय ४५ मिटर उचाईका १०८ वटाभन्दा धेरै थुम्काहरु छन् ।सिन्धुलीको झाँगाझोली रातमाटाबाट सुनकोसी नदी तरेपछि रामेछापको खाँडादेवी गाउँपालिका प्रवेश गरिन्छ । सित्खाबाट गाल्वाहुँदै दोरम्बा पुगेपछि डडुवा, च्छोयलिङ् गुम्बा, खोला खर्क र त्यसपछि थोरै उकालो हिडेपछि सैलुङ पुगिन्छ । रामेछापको सदरमुकाम मन्थलीबाट गाल्वा हुँदै सैलुङ जान सकिन्छ ।काठमाडौंबाट ६० किलोमिटर हिडेपछि वीपी राजमार्गको छेवैमा दुम्जाको कुशेश्वर महादेव मन्दिरमा पुगिन्छ । सिन्धुली र काभ्रेको सिमानामा पर्ने कुशेश्वर महादेवको दर्शन गरेपछि रामेछापको खाँडादेवी र अग्लेश्वरीको हुँदै राजभिर पुगिन्छ । राजभिरमा तत्कालीन राजा वीरेन्द्रका मित, भूटानी लामाले बनाएको ऐतिहाँसिक च्छोयलिङ गुम्बा छ । त्यसपछि ठूलो सैलुङ महादेव, रामेछापको गौश्वारामा पर्ने सैलुङेश्वर महादेवको गुफा पनि घुम्न सकिन्छ ।हिन्दुहरु सैलुङ क्षेत्रलाई भगवान शिवको तपोभूमिको रुपमा लिन्छन् भने बौद्धधर्मालम्बीहरु बुद्धले पाइला टेकेको ठाउँको रुपमा लिने गर्छन् । मनास्लु, जुगल, लाङटाङ हिमाल प्रष्ट देखिने सैलुङबाट गौरिशंकर, नुम्बुर हिमाल र मकालु हिमाल पनि देख्न सकिन्छ । दोलखा जिल्लामा पर्ने कालिञ्चोक, चेरलुङ, रामेछापको तामेडाँडा, सालुखुम्बुको पिके र ओखलढुङ्गाको थोलेदेम्बा लगायतका उच्च पर्वतहरु सैलुङ डाँडाबाट मज्जाले देख्न पाईन्छ । दक्षिणमा महाभारत पर्वत श्रृङ्खला, चुरे पर्वत श्रृङ्खला पनि देखिन्छ ।सैलुङको आलु निकै प्रख्यात छ । द्धन्द्ध पर्यटनको राजधानीकै रुपमा विकास हुँदै गरेको दोरम्बा पनि सैलुङमै पर्छ । त्यसैले पनि यो गन्तव्य मानिसहरुका लागि दशैँमा घुमफिरको महत्वपूर्ण गन्तव्य बन्न सक्छ ।पाँचपोखरी/जटापोखरीदोलखा हुँदै रामेछाप र त्यसपछि रामेछाप र सिन्धुलीको सिमाना खुर्कोटमा आएर सुनकोशी नदीमा मिसिएर बग्ने तामाकोशी नदीको सहायक नदी खिम्ति खोलो हो । यही खिम्ती खोलाको शिरमा अवस्थित पाँच पोखरी र जटापोखरी प्राकृतिक र धार्मिक पर्यटनका उत्कृष्ट गन्तव्य हुन् ।रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर १ मा पर्ने जटापोखरी पुग्न साविकको चुचुरे गाविसको गर्जाङ्बाट पैदल यात्रा सुरु हुन्छ । रस्नालुबाट नै हिमाली हावापानीको स्वाद पाईने हुँदा शरीर त्यसै त्यसै फुरुङ्ग हुन्छ । सायद जडिबुटी मिसिएको हावा खान पाएर होला ।ठोसेबाट खिम्ती खोलाको किनारै किनार बसमा हिडेपछि चुचुरेको गर्जाङ् पगिन्छ । बाफ रे १ उच्च पहाडमा यति ठूलो फाँट रु त्यहाँ पुग्दा जो कसैले पनि गर्ने प्रश्न यही हो ।कुनै समय यो फाँटामा सरकारले गाई फार्म सञ्चालन गरेको थियो । तर द्धन्द्धको बेलामा उक्त गाई फार्ममा आगो लगाईएको रहेछ । त्यहाँ पुगेर कुरा गर्दा बुढापाकाहरु ती दिन सम्झिन्छन् । गाई फार्म रहेका बेला यो क्षेत्र निकै रमाइलो लाग्थ्यो रे । माउ गाईका पछिपछि दगुर्ने बाच्छा बाच्छीहरु हेरेरै मानिसहरु रमाउने गर्थे रे । तर द्धन्द्धको बेलामा फार्ममा आगो लगाएर भएभरका सबै गाईहरुलाई कुट्दै लखेटिएछ ।गर्जाङमा पुगेर विश्राम गरेपछि ठाडै उकालो यात्रा सुरु हुन्छ, जटापोखरी पुग्न । गर्जाङ्बाट दुई घण्टा पैदल हिडेपछि चुचुरेको खहरे पुगिन्छ । खहरे जटापोखरी–पाँचपोखरी जाने बाटामा पर्ने मानवबस्ती भएको अन्तिम गाउँ हो ।उचाईका हिसाबले उच्च भू–भागमा रहेकाले लेकमा हिड्ने बानी नभएकाहरुलाई लेक लाग्ने सम्भावना पनि रहन्छ । त्यसैले यस मार्गमा पैदलयात्रा गर्नेले मकैको सातु, लसुनको पोटी र अकबरे खुर्सानी साथमै बोक्नुपर्छ । सातु र लसुनले लेक लाग्न दिँदैन भने खुर्सानीले शरीरलाई तातो बनाईरहन्छ ।गर्जाङबाट ६ घण्टा उकालो चढेपछि मानेडाँडा पुगिन्छ । डाँडामा रहेका माने, खुल्ला चौर, चिसो मौसम र तलतिर हेर्दा बादलु थुम्का र पहाडी थुम्काबीचको लुकामारीले थकान सबै मेटिन्छ । शेर्पा दाजुभाई र दिदीहरुले त्यहाँ बनाएका चौंरी गोठमा आगो ताप्दै चिज र छुर्पी खानुको मजा पनि बेग्लै हुन्छ ।पुगियो जटापोखरी !मानेडाँडाबाट २ घण्टाको दुरीमा जटापोखरी अवस्थित छ । मानेडाँडाँबाट विस्तार विस्तार २ घण्टा हिडेपछि जटापोखरी पुगिन्छ । ४ हजार २५० मिटरको उचाईमा रहेको नरिवलको जटाको आकारमा रहेको जटापोखरीमा वर्षमा ६ महिना भन्दा बढी पानी जम्छ । चैतदेखि भदौसम्म मात्रै पग्लन्छ । त्यसैले यसलाई हिमनदी पनि भनिन्छ ।जटापोखरीबाट ३५५ मिटर मात्रै सिधा माथि छ पाँच पोखरी । एउटै पोखरीका बिचबिचमा प्राकृतिक रुपमा उठेका बाध ९ढिस्कारथुम्का० ले पोखरीलाई ५ वटा कुण्ड बनाईदिएका छन् । स–साना ५ वटा कुण्ड भएकाले यसलाई पाँचपोखरी भनिएको हो । यही पाँच पोखरीबाट निस्किएको पानी जटापोखरीमा झर्छ । जटापोखरीबाट पानी बाहिर निस्केपछि बनेको खोला नै खिम्ती खोला हो ।रामेछापका उच्च थुम्कीहरु बौद्ध र हिन्दु धर्मका संगमस्थल नै मानिन्छन् । पाँचपोखरी जटापोखरीलाई हिन्दु र बौद्धमार्गीहरुको संगमस्थल मानिन्छ ।दशैँमा छोटो छुट्टि भएकाहरुले पनि यो क्षेत्रको पदमार्ग सकेर फर्किन सक्छन् ।

पर्यटकीयस्थलमा पदमार्ग निर्माण

अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर २ स्थित भुरुङ्ग–तातोपानी कुण्ड म्याग्दी जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य स्थलको रुपमा परिचिति छ । धौलागिरि आइसफल पदमार्गमा पर्ने भुरुङ्ग तातोपानीको शिरमा रहेको मुन्द्रा चढाउने डाडाबाट हिमाल, पहाडी भूगोल, वनजंगलको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ ।अन्नपूर्ण गाउँपालिकाले भुरुङ–तातोपानीमा आउने पर्यटकको बसाई लम्बाउन मान्द्रेढुङ्गा हुँदै बराहगुफादेखि मुन्द्रा चढाउने डाँडासम्म पदमार्गसँगै पर्यटकीय पूर्वाधार निर्माणमा […]

पर्यटकीयस्थल मुन्द्रा चढाउने डाँडामा पदमार्ग निर्माण

अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर २ स्थित भुरुङ–तातोपानी कुण्ड म्याग्दी जिल्लाकै प्रमुख पर्यटकीय गन्तब्यस्थलको रूपमा परिचिति छ । धौलागिरी आइसफल पदमार्गमा पर्ने भुरुङ तातोपानीको शिरमा रहेको मुन्द्रा चढाउने डाँडाबाट हिमाल, पहाडी भूगोल, बनजंगलको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ । अन्नपूर्ण गाउँपालिकाले भुरुङ–तातोपानीमा आउने पर्यटकको बसाइ लम्बाउन मान्द्रेढुंगा हुँदै बराहगुफादेखि मुन्द्रा चढाउने डाँडासम्म पदमार्गसँंगै पर्यटकीय पूर्वाधार निर्माणमा […]

कोरोनाको कारण सुस्तायो हिमाली जिल्ला मनाङको पर्यटन व्यवसाय

जेठ २२, मनाङ । गण्डकी प्रदेशकै पर्यटन प्रवर्द्धनको मुख्य आधार मानिएको हिमाली जिल्ला मनाङको पर्यटन क्षेत्र कोरोनाका कारण सुस्ताएको छ । वसन्त ऋतुको आगमनसँगै पर्यटकीय गुल्जार हुने यहाँ कोरोना कहरले पुनः सुनसान बनेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको प्रभावले गत वर्षको फागुनदेखि धराशायी बनेको यहाँको पर्यटन क्षेत्र कोरोना कहर मत्थर हुँदै जाँदा बिस्तारै लयमा आउने क्रममा थियो । नयाँ भेरियन्टसहितको कोरोनाको दोस्रो लहरको महामारी शुरु भएसँगै गत वैशाख १० गतेदेखि पुनः यहाँको पर्यटन क्षेत्र सुस्ताएको हो ।  देशभरका मुख्य शहरमा कोरोना संक्रमित बढेसँगै वैशाखदेखि लकडाउन शुरु भयो । देशभर कोरोना महामारी बढेसँगै कोरोना रोकथाम तथा नियन्त्रण गर्ने भन्दै जिल्ला प्रशासन कार्यालयले विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्ग थोरङ्ला भञ्ज्याङ, तिलिचो ताल जस्ता महत्वपूर्ण गन्तव्य आन्तारिक तथा बाह्य पर्यटकका लागि बन्द गर्ने निर्णय गरियो । यस्तै समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिएपछि प्रशासनले वैशाख महीनादेखि यहाँका शहर गुमनाम छन् । वर्षेनि ६० हजार विदेशी पर्यटक र करीब तीन लाखको संख्यामा आन्तरिक पर्यटक भित्रिने जिल्लामा नयाँ भेरियन्टको कोरोना प्रभावले सुनसान भएको होटेल व्यवसायी संघका अध्यक्ष विनोद गुरुङले बताए । वर्षेनि हिउँदयामको जाडो मौसमपछि गुल्जार हुने मनाङ कोरोना कहरका कारण प्रतिकुल असर पुर्‍याएको उनले बताए । कोरोनाको पहिलो लहरपछि आशा जगाएको यस पर्यटन क्षेत्रमा दोस्रो लहरले पर्यटकीय क्षेत्रलाई ठूलो क्षति पुगेको उनको भनाइ छ । अन्नपूर्ण संरक्षण क्षेत्रको वार्षिक तथ्यांकअनुसार जिल्लामा बर्षेनि मार्चदेखि जुलाईसम्म प्रत्येक महीना सात हजारदेखि १४ हजारसम्म विदेशी पर्यटक आउने गर्थे । चैतदेखि हजारौँ आन्तरिक पर्यटक विश्वको सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो ताल जानका लागि यहाँ आउने गर्छन् । यस वर्ष कोरोना कहरका कारण बन्द हुँदा पर्यटकीय गन्तव्य सुनसान छन् । कोरोनाको दोस्रो भेरियन्ट अघि देशका ठूला शहरदेखि मोटरसाइकल र चारपांग्रे सवारी साधान लमजुङ सदरमुकाम बेँसीशहरदेखि लाम लाग्ने गर्दथे ।  कोरोना महामारीको पहिलो लहरले थलिएको मनाङको पर्यटन व्यवसायमा केही आशा जगाए पनि कोरोनाको दोस्रो लहरले पुनः यहाँका पर्यटन व्यवसायीमा थप पीडा थपिदिएको चामे गाउँपालिकास्थित हिमालयन होटेल सञ्चालक सीता गुरुङ बताउँछन् । बर्खायामको वसन्त ऋतुसँगै अनुकूल खुल्ला मौसममा पनि कोरोना कहरले प्रताडित बनाएको यहाँको पर्यटनमा व्यवसायीसमेत कोरोना त्रासमा छन् । यहाँको प्रमुख पर्यटकीय गन्तव्य तिलिचो ताल, थोराङ्ला भञ्ज्याङ, मनासलु क्षेत्र, चामेको तातोपानी कुण्ड, सिङ्गर ताल, गङ्गापूर्ण ताल, काङ्ला पासलगायत हिमाल आरोहणमा आउने बाह्य तथा आन्तरिक पर्यटक मनाङ भित्रिएका छैनन् ।  अहिले जिल्लामा झण्डै एक हजारभन्दा बढी होटेल तथा रेष्टुरेन्ट पूर्णरुपमा बन्द अवस्थामा छन् । कोरोनाले सिर्जना गरेको लकडाउनले यो जिल्ला सुनसान बनेको पर्यटन व्यवसायीको भनाइ छ । कोरोनाका कारण पहिलो पटक जिल्लामा ज्यान गएपछि यहाँका मानिस त्रसित बनेका छन् । रासस

गजे घलेको गाउँ बारपाक – एक भ्रमण वृत्तान्त

बारपाक बस्ती माथि उत्तरपट्टि बौद्ध हिमाल मुसुक्क मुस्कुराइरहेछ । त्यसको काखमा नारद कुण्ड छ । हरेक जनै पुर्णिमाको दिन मेला लाग्दो रहेछ त्यहाँ । दरौंदी नदीको मुहान मुख्यतः नारद कुण्डलाई मानिंदो रहेछ ।