२५ करोडको लगानीमा धौलागिरी क्षेत्रकै ठूलो होटल निर्माण

मंसिर २३, म्याग्दी । म्याग्दीको पर्यटकीय स्थल भूरुङ तातोपानीमा रू. २५ करोडको लगानीमा धौलागिरी क्षेत्रकै सबैभन्दा ठूलो होटल निर्माण भएको छ । म्याग्दीको सदरमुकाम बेनीमा व्यवसाय गर्दै आएका राजु हमालले रू. २५ करोड लगानीमा ५७ कोठा क्षमताको ‘होटल नेचुरल स्प्रिङ प्रालि’ निर्माण गरेका हुन् । अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी राउण्ड अन्नपूर्णको आकर्षक पर्यटकीय गन्तव्य स्थल हो ।  यहाँ आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी रोयल, डिलक्स र साधारण गरी तीन स्तरका सुविधा सहितको कोठाहरुको व्यवस्था रहेको हमालले बताए । उनका अनुसार अहिले होटलको ६५ प्रतिशत निर्माण कार्य सकिएको छ । करीब ८ रोपनी क्षेत्रफलमा ६ तलाको भवन निर्माण भइरहेको छ । होटल आगामी भदौदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याउने तयारी गरिएको उनको भनाइ छ । होटलमा पार्किङ र लिफ्ट सुविधासँगै १५० जना क्षमताको सेमिनार हल, मसाज, क्याफे र लोकलमार्ट समेत सञ्चालनमा आउनेछन् । होटल सञ्चालनमा आएसँगै पहिलो चरणमा ४० जनाले नियमित रोजगार पाउने सञ्चालक हमालले जानकारी दिए । रू. २२ करोड लागत अनुमान गरिएको भएपनि कोरोना महामारीको कारण सामानमा भएको अभाव, निर्माण कार्यमा भएको प्रभाब र सामान ढुवानीमा भएको असुविधाले लागत बढ्ने भएको हमालले बताए । ‘क्षमताको हिसाबले धौलागिरि क्षेत्रकै ठूलो हुन्छ, सुविधामा समेत स्टार होटलका सुविधा उपलब्ध गराउँछौँ, सुविधायुक्त होटललले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत सघाउने अपेक्षा गरेको छु’ उनले भने । पोखरादेखि कुस्मा, बेनी हुँदै हिमाल पारिको जिल्ला मुस्ताङ जाने एकमात्रै सडक बेनी–जोमसोम–कोरला सडकमा पर्ने भएकाले होटल सञ्चालनमा आउन कसे यस सडकखण्ड हुँदै आवत जावत गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरुको बसाई लम्बाउन टेवा पुर्‍याउने अपेक्षा गरिएको स्थानीय पर्यटन व्यावसायी समेत रहेका अन्नपूर्ण गाउँपालिकाका कार्यपालिका सदस्य आत्मा तुलाचनले बताए ।  ‘यहाँको प्राकृतिक तातोपानीको कुण्ड पर्यटकहरुको रोजाईमा पर्ने गरेको छ, तर सिजनमा अहिले सञ्चालनमा रहेका होटलहरुले पर्यटकको चाप धान्न सक्ने अवस्था छैन्, त्यसैले ठूलो क्षमतामा सञ्चालनमा ल्याउन लागिएको यस होटलले पर्यटकहरुको बसाई व्यवस्थापन र भ्रमण अवधि बढाउन सहयोग पुग्ने देखिन्छ’ तुलाचनले भने । तातोपानीमा अहिले ठूला ७ र साना १५ होटलमा ४०० जनासम्म पर्यटकहरु बस्न सक्ने क्षमताका होटलहरु छन् । अन्नपूर्ण राउण्ड पदमार्ग र मुस्ताङ जाने एक मात्रै बेनी–जोमसोम सडकखण्डले समेटिएको ठाउँ भएकाले तातोपानीमा सञ्चालनमा आउन लागेको यस होटलले पर्यटकहरुलाई आरामदायी बसोबासको प्रवन्ध मिलाउन र पर्यटन प्रवर्द्धनमा सघाउने स्थानीयबासीको भनाइ छ ।

सम्बन्धित सामग्री

म्याग्दीको तातोपानी र गलेश्वरमा स्तरीय होटल निर्माण

म्याग्दी : पर्यटकीय स्थल भुरुङ तातोपानी र मुक्तिनाथ प्रवेशद्वारको रूपमा मानिएको गलेश्वरमा करोडौं रुपैयाँको लगानीमा स्तरीय होटल निर्माण गरिएको छ।म्याग्दीको पर्यटकीय क्षेत्र भुरुङ तातोपानीमा २५ करोडको लगानीमा धौलागिरि क्षेत्रकै सबैभन्दा ठूलो होटल निर्माण भएको छ भने गलेश्वरमा ७ करोड रुपैयाँको लगानीमा होटल ताजमहल सञ्चालनमा आएको छ।म्याग्दी सदरमुकाम बेनीमा व्यवसाय गर्दै आएका राजु हमालले २५ करोड लगानीमा ५७ कोठा क्षमताको ‘होटल नेचुरल स्प्रिङ प्रा.लि.’ निर्माण गरेका हुन्।अन्नपू

सात करोडको लगानीमा सुविधा सम्पन्न होटल

म्याग्दी-२५ वर्ष अघि कामको खोजीमा काभ्रेको धुलिखेलबाट म्याग्दी आएका टंकलाल श्रेष्ठले बेनी नगरपालिका ९ गलेश्वरमा सुविधा सम्पन्न होटल सञ्चालन गरेका छन् ।बेनी– जोमसोम सडक अन्तरगत गलेश्वरमा मुस्ताङ र म्याग्दी आउने पर्यटकलाई लक्षित गरेर श्रेष्ठले होटल ताजमहल लज एण्ड रेष्टुरेण्ट निर्माण गरेका छन् ।४० वर्षिय श्रेष्ठले मेहनतको कमाई र सिपलाई होटल क्षेत्रमा अघि बढाएका छन् । […]

बन्दीपुरमा साढे ३ करोड लगानीमा फनपार्क सञ्चालनमा

तनहुँको बन्दीपुरमा निर्माण गरिएको फनपार्क शुक्रवारदेखि सञ्चालनमा आएको छ । करीब साढे ३ करोड रुपैयाँ लगानीमा निर्माण सम्पन्न होटलसँगै फनपार्क सञ्चालन ल्याइएको हो ।  बन्दीपुरमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सुविधा सम्पन्न होटल र फनपार्क निर्माण गरिएको होटल द रेड हाउसका सञ्चालक कमल पौडेलले बताए । फनपार्कमा बाल उद्यान, पिङ, बगैंचामा फोटो खिच्न आर्कषक संरचना तयार गरिएको छ । २० वटा सुविधाजन्य कोठा र ८० जना क्षमताको सेमिनार हल सहितको होटल केही दिनभित्र सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए । ...

मानुङकोटमा व्यवस्थित पहिलो होटल भ्यूटावर निर्माण

तनहुँ । सामाजिक सञ्जालमा भाइरल बनेको तनहुँको व्यासनगरपालिका–५ स्थित मानुङकोट डाँडामा पहिलो व्यवस्थित र सुविधासम्पन्न होटल भ्यूटावर निर्माण गरिएको छ । दमौलीका बासिन्दा चुडामणि दाहाल, कुमार कञ्चन जिसी, प्रेम राउत र यज्ञ खनालको संयुक्त लगानीमा उक्त होटल निर्माण गरी सञ्चालनमा ल्याउने तयारी गरिएको हो । एक रोपनी जमिन खरिद गरी करिब रु ८५ लाखको लागतमा […]

नक्सालमा आठ अर्बको लगानीमा पाँचतारे होटल बनाउँदै जगदम्बा ग्रुप

शङ्कर समूहले जगदम्बा हस्पिटालिटी गुप्र प्रालिअन्तर्गत काठमाडौं महानगरपालिका–१ स्थित नक्सालमा ‘होटल हिल्टन काठमाडौं’ निर्माण गर्न लागेको हो ।

शंकर समूहले ८ अर्बको लगानीमा पाँचतारे होटल निर्माण गर्दै

साउन २०, काठमाडौं । कोरोना महामारी बीच काठमाडौंको नक्सालमा ८ अर्ब रुपैयाँ लगानीमा पाँचतारे होटल निर्माण भइरहेको छ । नेपालको व्यावसायिक घरानाका रुपमा स्थापित हुँदै गएको शङ्कर समूहले जगदम्बा हस्पिटालिटी गुप्र प्रालिअन्तर्गत काठमाडौं महानगरपालिका–१ स्थित नक्सालमा ‘होटल हिल्टन काठमाडौं’ निर्माण गर्न लागेको हो ।            आठ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको उक्त होटललाई चेन होटलका रुपमा निर्माण गर्न लागिएको जगदम्बा हस्पिटालीटी गुप्र प्रालिका उपाध्यक्ष नीतिन शर्माले जानकारी दिए । विश्वमा ६ हजारभन्दा बढी चेन होटल रहेको हिल्टन होटलको नेपालमा पहिलो पटक चेन होटल निर्माण गर्न लागिएको हो ।            सन् २०२० मा होटल निर्माण सम्पन्न गर्नेगरी सन् २०१६ बाट होटल निर्माण शुरु गरे पनि कोरोना महामारीका कारण होटल निर्माणमा ढिलाइ भएको हो । सन् २०२२ को अन्त्य सम्ममा होटल निर्माण सम्पन्न गरिसक्ने गरी काम तीव्रगतिमा भइरहेको उपाध्यक्ष शर्माको भनाइ छ ।                  पाँचतारे लक्जरी होटल हिल्टन काठमाडौंमा १७५  ओटा गेष्ट रुम रहनेछन् । हेल्थ क्लब स्पा, वातावरण अनुकूल स्वीमिङ पुल र फिटनेस सेन्टरसहितका सुविधा उक्त होटलमा उपलब्ध हुने प्रालिले जनाएको छ । उक्त होटलले स्थानीय तथा अन्तरराष्ट्रिय स्वादका खाना उपलब्ध गराउने बताइएको छ ।            उक्त होटलमा विवाह तथा सभा समारोहका लागि छुट्टै सभाकक्ष निर्माण हुने भएको छ । दुई तला अण्डर ग्राउण्डसहित बन्न लागेको १८ तल्ले भवनको १६औं तलामाथि स्वीमिङ पुल रहनेछ । होटलमा नाइट क्लब, जिम हल, स्पालगायतका सुविधासमेत हुनेछन् ।            अमेरिकाबाट आयात गरिएको सेस्मिक ड्याम्पर प्रविधिबाट निर्माण गरिएको होटल भूकम्प गएका बेलामा समेत सुरक्षित हुने शङ्कर गुप्रका प्रबन्ध निर्देशक शाहिल अग्रवाल बताउँछन् । विदेशी पर्यटकलाई पूर्ण रुपमा सुरक्षित बनाउने आफ्नो योजना रहेको उनको भनाइ छ ।            निर्माण सम्पन्न भएर सञ्चालनमा आएका तारे होटलको सङ्ख्या नेपालमा १४३ पुगेको छ । यो मुलुकभर सञ्चालनमा आएका एकतारेदेखि पाँचतारे होटलको सङ्ख्या हो । पर्यटन विभागका सूचना अधिकारी मोहनबहादुर जिसीका अनुसार नेपालमा पाँचतारे १६ ओटा, चारतारे १९ ओटा, तीनतारे ३३ ओटा, दुई तारे ४१ ओटा र एकतारे ३४ ओटा होटल सञ्चालनमा छन् । यस्तै पाँचतारे होटलस्तरका दुई बुटिकसमेत सञ्चालनमा छन् ।            सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरे पनि कोरोना महामारी विश्वभर फैलिंदा नेपालमा भ्रमण वर्षको कार्यक्रम स्थगित गरिएको थियो । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको पहिलो तथा दोस्रो चरणको कोरोना सङ्क्रमण देखिँदा नेपाल भ्रमणका लागि आउने विदेशी पर्यटकको सङ्ख्यामा कमी आएको छ । रासस

नक्सालमा आठ अर्बको लगानीमा पाँचतारे होटल निर्माण गरिँदै

कोरोना महामारीबीच काठमाडौँको नक्सालमा आठ अर्ब लगानीमा पाँचतारे होटल निर्माण भइरहेको छ। नेपालको व्यावसायिक घरानाका रुपमा स्थापित हुँदै गएको शङ्कर समूहले जगदम्बा हस्पिटालिटी गुप्र प्रालिअन्तर्गत काठमाडौं महानगरपालिका–१ स्थित नक्सालमा ‘होटल हिल्टन काठमाडौँ’ निर्माण गर्न लागेको हो।

१ अर्ब ४० करोड लागतमा राजधानीमा सुविधासम्पन्न होटल खुल्दै

काठमाडौंमा एक सुविधा सम्पन्न स्टार होटल खुल्ने भएको छ । इन्टरनेशनल हिमालय हस्पिटालिटी एण्ड होटल प्रालिको करिब साढे १ अर्ब रुपैयाँ बराबरको लगानीमा मेरियट इन्टरनेसनलले काठमाडौंको कमलादीमा ‘मोक्सी काठमाडौं होटल’ खोल्ने भएको हो । होटल सन् २०२५ सम्ममा निर्माण सम्पन्न गरिसक्ने गरी साझेदार कम्पनी मेरियट र इन्टरनेशनल हिमालय हस्पिटालिटीबीच सम्झौता भइसकेको बताइएको छ ।काठमाडौंको कमलादीमा बन्ने उक्त होटल कति स्टारमा बन्ने भन्ने अहिले नै एकिन नभएतापनि होटलमा सुविधासम्पन्न १०८ कोठाहरू रहने र

मेरियट इन्टरनेसनलले काठमाडौंमा मोक्सी होटल खोल्ने

१७ साउन,  काठमाडौं । मेरियट इन्टरनेशनलले इन्टरनेशनल हिमालय हस्पिट्यालिटी ए‍ण्ड होटल प्रालीको लगानीमा काठमाडौंमा ‘मोक्सी काठमाडौ होटल’ खोल्ने भएको छ । काठमाडौंको कमलादीमा बन्ने होटल एक सय आठ कोठाको हुनेछ। होटल सन् २०२५ सम्ममा निर्माण गरिसक्ने मेरियट र इन्टरनेशनल हिमालय हस्पिटालिटीबीच भएको सम्झौतामा उल्लेख छ । मोक्सी होटलको ब्रान्ड नेपालमा भित्र्याउनको लागि इन्टरनेसलन हिमालय हस्पिट्यालिटिसँगको […]

अन्नपुर्ण पदमार्गमा साढे दुई करोड लगानीमा न्यु वाटरफल होटल निर्माण

चक्रिय अन्नपूर्ण पदमार्गमा साढे दुई करोड लगानीमा होटल निर्माण गरिएको छ । पदमार्ग अन्तर्गत मर्स्याङ्दी गाउँपालिका ४ स्यागेँमा दुई करोड ५० लाख लगानीमा होटल निर्माण गरिएको हो ।  मर्स्याङ्दी गाउँपालिका...