एक महिनापछि हेटौंडा सिमेन्टले थाल्यो उत्पादन

हेटौंडा : सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगले करिब एक महिनापछि उत्पादन शुरु गरेको छ। क्लिंकर उत्पादन गर्ने मेशिनको मोटर बिग्रिएर एक महिनादेखि उत्पादन ठप्प भएकोमा उद्योगले फेरि उत्पादन शुरु गरेको हो।सिमेन्ट उत्पादन गर्ने क्रममा आगो बाल्ने भट्टीमा प्रयोग हुने प्रि-फिल्टर फ्यान, विद्युतीय मोटरलगायत केही उपकरण बिग्रिएर उत्पादन बन्द भएको उद्योगले जनाएको थियो। विद्युतीय उपकरणको पाटपुर्जा बाहिरबाट ल्याई जडान गरिएको र अन्य उपकरणको मर्मतसम्भार गरेर सिमेन्ट उत्पादनलाई हिजोदेखि

सम्बन्धित सामग्री

हेटौंडा–ढल्केबर–इनरुवा प्रसारणलाइनको अवरोध हटाउन प्राधिकरणले थाल्यो पहल

२८ फागुन, काठमाडौं । निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारणलाइन निर्माणको अवरोध हटाउन नेपाल विद्युत प्राधिकरणले पहल थालेको छ । स्थानीयहरले विभिन्न माग राखेर अवरोध सिर्जना गरेपछि यो आयोजना निर्माणमा ६ वर्षदेखि अवरोध कायमै छ । आयोजना निर्माणमा निरन्तर अवरोध भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली शनिबार मकवानपुरको हेटौंडा पुगेको थियो । […]

फिल्म ‘तिम्रो मेरो साथ’ले पोखरादेखि थाल्यो मोफसल यात्रा

काठमाडौं । पुस २९ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘तिम्रो मेरो साथ’ले देश दौडाहा थालेको छ । मंगलबार पर्यटकीय नगरी पोखरादेखि फिल्मले प्रचारप्रसार थालेको हो । निर्देशक रमेश एमके पौडेलका अनुसार पोखराबाट सुरु भएको मोफसल यात्रा बुटवल, नारायणगढ, हेटौंडा, बिराटनगर, बिर्तामोड हुँदै काठमाडौंमा आएर सम्पन्न हुनेछ । फिल्मको टिजर, गीत र ट्रेलरबाट मिलेको प्रतिक्रियाले आफ्नो […]

हेटौंडा सिमेन्ट उद्योगले पुनः थाल्यो उत्पादन

८ पुस, मकवानपुर । करिब एक महिनाअघिदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले पुनः उत्पादन सुरु गरेको छ । गत मंसिरको पहिलो हप्ताबाट सिमेन्ट उत्पादन गर्ने क्रममा आगो बाल्ने भट्टीमा प्रयोग हुने प्रि फिल्टर फ्यान, विद्युतीय …

चुनाव बिथोल्न ‘विप्लव’ नेकपाले थाल्यो भित्तेलेखन

हेटौंडा : मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मकवानपुरमा भित्तेलेखन गरेको छ।नेकपाले चुनावको विरोध गर्दै मकवानपुरका विभिन्न पालिकाहरूमा भित्तेलेखन अभियान सुरु गरेको हो। नेकपाले मकवानपुरका दशवटै पालिकामा भित्तेलेखन अभियान सुरु गरेको नेकपा जिल्लाका सचिवालय सदस्य विवेक घलानले बताए।जनताको चाहनाविपरीत जबर्जस्ती थोपरिएको चुनाव प्रत्युत्पादक हुने भएकाले विरोध गरेको  उनको भनाइ छ। यो चुनावले देश

सात घण्टाको अवरोधपछि त्रिभुवन राजपथमा चल्न थाल्यो सवारीसाधन

काठमाडौं : त्रिभुवन राजपथअन्तर्गतको हेटौंडा-काठमाडौंतर्फको यातायात पुनः संचालनमा आएको छ। भीमफेदी गाउँपालिका-१ भैसे-हेटौंडा सडकको बाघझोलामा गए राति पहिरोले यातायात सेवा अवरुद्ध भएको थियो। आज बिहानदेखि यातायात संचालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। डोजरले पहिरो हटाई सवारीसाधन गन्तव्यमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। सडक संचालनमा आएसँगै…

युरेनियमको खानीले मकवानपुरका गाउँले चिन्तित

हेटौंडा :पूर्वी मकवानपुरको बकैया गाउँपालिका–२ तीनभँगालेमा युरेनियमको खानी फेला परेको वर्षौं भयो। रेडियो विकीरणयुक्त युरेनियम आणविक ऊर्जा उत्पादन र आणविक शस्त्र निर्माणमा प्रयोग गरिन्छ।युरेनियमको खानी पत्ता लागेपछि सुनसान रहने गाउँमा आवतजावत गर्नेको संख्या बढ्न थाल्यो। प्रायः दैनिकजसो गाउँमा नयाँ नयाँ मानिसहरु पुग्ने र खानीको बारेमा सोधपुछ गर्ने गर्थे।गाउँलेसँग कुराकानी गरेपश्चात खानीनजिक पुगेर कोहीले माटोसमेत बोकेर जाने गर्थे। पछिल्ला ६ महिनायता भने गाउँमा नया

बागमती सरकारले थाल्यो ऐतिहासिक चुरियामाई सुरुङको पुनर्निर्माण

१४, साउन हेटौंडा । मकवानपुरको चुरियामाईमा निर्माण भएको मुलुकको पहिलो सुरुङ मार्गलाई बागमती प्रदेश सरकारले पुननिर्माण गर्ने भएको छ । पूर्वपश्चिम राजमार्गको मकवानपुर र बाराको सिमाना हेटौंडा उपमहानगरपालिका–१५ मा रहेको सुरुङमार्गको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार शिलान्यास गरेका छन् । १०४ वर्षअघि राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा निर्माण भएको सुरुङमार्गको पुनर्निर्माणको जिम्मा माउण्टेन इन्फ्रा कम्पनीले […]

हेटौंडामा पनि फल्न थाल्यो स्याउ (फोटोफिचर)

हेटौंडा : सामान्यतः स्याउलाई आवश्यक हावापानी हिमाली भेगमा हुन्छ। तर हिमाल र पहाड क्षेत्रमा फल्ने स्याउ भित्रीमधेसको मकवानपुरको हेटौंडामा पनि फल्न थालेको छ। हेटौंडा–८ कमानेका किशोर पौडेलको बारीमा यतिबेला स्याउ फुल्न र फल्न थालेका छन्। चिसो ठाउँमा मात्रै फस्टाउँदै आएको स्याउ एक वर्षअघि गर्मी ठाउँमा पनि लगाएका पौडेल अहिले चिचिला लागेको स्याउको बोट हेर्दै मक्ख छन्। १४ कठ्ठामा ८ सय बिरुवा रोपेर पौडेलले हेटौंडामा सम्भवतः पहिलोपटक व्यवसायिक रुपमा स्याउ खेतीको सुरुवात